बाढीपहिरोले अवरुद्ध चामे-बेँसीशहर सडक अझै बन्द
नेपाल अखबार, मनाङ । हिमाल पारीको जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि बन्द छ । वर्षादको समयमा कुनैपनि गाडी चल्न सकेनन् ।
नियमित परेको वर्षासँगै आएको बाढी पहिरोले उक्त सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । लमजुङको जगतदेखि च्याम्चेहुदै मनाङको तालसम्मको सडक झनै बिग्रेको छ । कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी परेपछि पुल तथा सडक मर्मत गर्न सकिएको छैन । जिल्लाभित्रका केही ठाउँमा यातायात चले पनि कतिपय ठाउँमा भने अझै सञ्चालन हुन सकेको छैन ।
कोरोना महामारीले प्राय सवारी साधान आवतजावत ठप्प भए पनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानीका लागि सवारी साधान भने सञ्चालन भएका छन् । मनाङ जाने सडक पूर्णरूपमा सञ्चालनमा नआउँदा ठाउँठाउँमा पल्टी गर्दै ल्याउने लाने गर्नुपर्ने बाध...
