शरीरको फोहोर रगत सफा गर्ने ५ पेयपदार्थ
नेपाल अखबार, एजेन्सी । रगतद्वारा हाम्रो शरीरको पूरै प्रणाली सञ्चालन हुन्छ । शुद्ध रगत नै हाम्रो जीवनको आधार हो । रगतले नै हाम्रो शरीरको हरेक अंगमा अक्सिजन र पोषक तत्त्व सञ्चार गर्ने काम गर्छ । शरीरमा हर्मोनहरु पनि रगतबाट नै उत्पादन हुने गर्छ । त्यसैले शरीरमा भएको रगतमा कुनै खराबी वा समस्या आएमा पूरै शरीरलाई असर पर्न जान्छ ।
प्रायः हामीले खाने खानेकुरामा यस्ता थुप्रै तत्त्वहरु पाइन्छन् जसले शरीरलाई नोक्सान पुर्याइरहेको हुन्छ । कुनै कुनै तत्त्वहरु हाम्रो शरीरका लागि अनावश्यक हुन्छ । त्यस्ता तत्त्वहरुलाई टोक्सिन्स भन्ने गरिन्छ । समय समयमा टोक्सिनलाई शरीरबाट निकाल्नको लागि केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।
शरीरमा भएको रगतलाई शुद्ध बनाउनको लागि खानेकुरामा केही पदार्थहरु सामेल गर्नुपर्छ ।
साग/सब्जी
वैज्ञानिक प्रयोगपछि केही साग तथा सब्जीहरुले रगत सफा गर्नको लागि उपयोगी हुने पत्ता लागेको छ । पाल...
