Monday, May 4

समाज

सालको पात बेचेर चाडपर्व खर्चको जोहो
समाचार, समाज

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

नेपालअखबार,सुनसरी । इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइहेकी छन् । उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेकी हुन् । हुन त अरु बेला पनि यो उनका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताइन् । उनले भनिन्, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।” धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुनाइन् । सालको पा...
मानव अधिकार आयोगले माग्यो बाल विवाहले पार्ने प्रभावसम्बन्धी दस्तावेज र अध्ययन प्रतिवेदन
समाचार, समाज

मानव अधिकार आयोगले माग्यो बाल विवाहले पार्ने प्रभावसम्बन्धी दस्तावेज र अध्ययन प्रतिवेदन

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझका लागि प्रतिवेदन तथा अन्य दस्तावेज पेश गर्न आह्वान गरेको छ । आयोगले बाल विवाहले मानव अधिकारमा पारेको प्रभाव सम्बन्धमा राष्ट्रिय जाँचबुझ गर्न लागेको छ । यो अनुसन्धानमुलक जाँचबुझले शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पारेको प्रभाव लगायतका आधारभूत अधिकारहरूमा बाल विवाहले पार्ने बहुआयामिक प्रतिकुल प्रभावको मूल्यांकन र समीक्षा गर्ने उद्देश्य राखेको आयोगले जनाएको छ । आयोगले सूचना नै निकालेर नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह, नागरिक समाजका संघ संस्था, अध्ययन अनुसन्धानमा सक्रिय निकाय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाबाट भए गरेका अध्ययन/अनुसन्धान प्रतिवेदन वा सूचनामुलक जानकारी उपलब्ध गराउन आह्वान गरेको हो । यसै सन्दर्भमा आयोगले बाल बिबाहसम्बन्धी अध्यय...
असोज १७ देखि २० सम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव
समाचार, समाज

असोज १७ देखि २० सम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव

नेपालअखबार,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी/अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ। कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे। उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैंचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य...
राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने
समाचार, समाज

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्। देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए। विगतमा राष्ट्रपतिबाट बडादसैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।...
मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था सामान्य, ढुंगा–लेदो पन्छाउने कार्य निरन्तर
समाचार, समाज

मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था सामान्य, ढुंगा–लेदो पन्छाउने कार्य निरन्तर

नेपालअखबार,चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड आज सामान्य अवस्थामा छ । सडक डिभिजन भरतपुरका अनुसार बिहीबार (विजयादशमी) बिहान ८ बजेसम्म यातायातका साधनहरू अवरोधविना सञ्चालनमा रहेका छन् । वर्षा र चाडपर्वको समयसँगै बाटोमा सामान्य रूपमा ढुंगा र लेदो खस्ने गरे पनि डिभिजनमा तैनाथ उपकरणमार्फत सडक सफा गर्ने कार्य भइरहेको छ । डिभिजनका अनुसार अपरेटर अमर गुरुङको संयोजनमा झरेका ढुंगारलेदो हटाउने काम निरन्तर भइरहेको छ । सडक डिभिजन भरतपुरले यात्रु र सवारी चालकलाई यात्रा अघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।...
धनगढीमा विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन हुने
समाचार, समाज

धनगढीमा विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन हुने

नेपालअखबार,धनगढी । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रा.लि.ले विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै धनगढी, फूलबारी र अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको नवजीवन अस्पतालले जनाएको छ । निःशुल्क बस सेवाको समय तालिका यस प्रकार रहेको छ- बिहान ९:०० बजे: धनगढी चौराहादेखि फूलबारीसम्म बिहान १०:०० बजे: फूलबारीदेखि धनगढी चौराहासम्म बिहान ११:०० बजे: धनगढी चौराहादेखि अत्तरियासम्म बिहान १२:०० बजे: अत्तरियादेखि धनगढी चौराहासम्म दिउँसो १२:४५ बजे: धनगढी चौराहादेखि फूलबारीसम्म दिउँसो १:३० बजे: फूलबारीदेखि धनगढी चौराहासम्म दिउँसो २:१५ बजे: धनगढी चौराहादेखि अत्तरियासम्म दिउँसो ३:०० बजे:...
राष्ट्रपति पौडेलद्वारा नवकन्याहरूको पूजा
धर्म/संस्कृति, समाचार, समाज

राष्ट्रपति पौडेलद्वारा नवकन्याहरूको पूजा

नेपालअखबार, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँको नवौँ दिन बुधबार नवकन्याहरुको पूजा गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गरेका हुन्। राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए। राष्ट्रपतिको सचिवालयका अनुसार बालमन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन्। दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।...
कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध
समाचार, समाज

कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध

नेपालअखबार, काठमाडौँ । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ। संखुवासभामा कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा वर्षाका कारण बाटो अवरुद्ध भएको छ। यी दुई स्थानमा सडक पूर्ण रूपमा बन्द हुँदा यातायात आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा आएको बाढीले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले गर्दा रसुवागढी नाका हुँदै हुने व्यापारिक तथा यातायात आवागमन रोकिएको छ।...
दसैंले छोएन वनहराका भूमिहीनलाई
समाचार, समाज

दसैंले छोएन वनहराका भूमिहीनलाई

नेपालअखबार,कञ्चनपुर। दसैं घर-आँगनमै आएको छ। मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ। दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दसैंले शिविरवासीको पीडा झन् थपिदिएको छ। शिविरमा बस्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईंले विगतका दुःखद् अनुभव सम्झिँदै भनिन्, ‘कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदै छ, सधैं मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझबिहानको छाक टार्नै कठिन छ।’ दसैंमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने रह भए पनि मारेर बस्नु परेको उनको कथन छ। ‘एकसुको पैसो छैन आश मानेर के पो हुन्छ र हाम्रा दिन यसैगरी बित्ने भए,’ उनले भनिन्। वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन्...
गृह मन्त्रालयको निर्णयमा मानवअधिकार एलाइन्सको आपत्ति
समाचार, समाज

गृह मन्त्रालयको निर्णयमा मानवअधिकार एलाइन्सको आपत्ति

नेपालअखबार,काठमाडौं। मानवअधिकार एलाइन्सले जेनजी आन्दोलनकाको क्रममा भएका मानवीय तथा भौतिक क्षतिको दोषीमाथि सरकारका नियमित संयन्त्रहरूबाट तत्काल कारबाही अगाडि बढाउन माग गरेको छ। एलाइन्सले आज विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको कार्यक्षेत्रमा रहने विषयमाथि तत्काल कारबाही अघि नबढाउने गृह मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ। त्यसो गर्दा फैजदारी न्याय प्रणालीलाई गम्भीर असर पार्ने, दण्डहीनता र हिंसालाई थप प्रश्रय दिने एलाइन्सको भनाइ छ। ‘जेनजी आन्दोलनका क्रममा भएको भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानविनका लागि जाँचबुझ आयोग गठन गरिएको र आयोगका प्रतिवेदन प्राप्त नहुँदासम्म आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रहरूबाट तत्काल कारबाही अगाडि नबढाइने भनी नेपाल सरकार गृह मन्त्रालयद्वारा मिति २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिले फौजदा...