Thursday, August 6

समाज

जेनजी आन्दोलनमा ज्यान गुमाएका आलमको गरियोअन्त्येष्टि
समाचार, समाज

जेनजी आन्दोलनमा ज्यान गुमाएका आलमको गरियोअन्त्येष्टि

नेपालअखबार,वीरगन्ज ।काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ ।  काठमाडौंबाट शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो । आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । गत मंगलबार जेनजीको  प्रदर्शन भइरहेका बेला पठाओ राइडर रहेका आलमले एक यात्रुलाई गोङ्गबु लिएर जाँदै थिए । त्यहि बेला  प्रहरीले चलाएको गोली लागेर आलमको ज्यान गएको वीरगन्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले बताए । अन्सारीका अनुसार,आलमको पेट र छातीमा गोली लागेको थियो । गत मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएपछि खोजी गर्दा आलमको शव काठमाडौंको ...
प्रतिनिधिसभा विघटन असंवैधानिक हो : नेपाल बार एसोसिएसन
समाचार, समाज

प्रतिनिधिसभा विघटन असंवैधानिक हो : नेपाल बार एसोसिएसन

नेपालअखबार,काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले केहीबेरअघिको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ । विकसित घटनाक्रमहरूलाई नजिकबाट निकालिरहेको बारले प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय हुनासाथ तत्काल विरोधसहित विज्ञप्ति निकालेको हो । बारले उक्त निर्णयलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि समेत प्रहार भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा विघटनको निर्णयले लामो र कठिन संघर्षपछिको नेपाली लोकतन्त्रलाई कमजोर बनाएको र संघीयताको उपलब्धि खोज्ने प्रयास गरेको टिप्पणी गरेको छ । बारले विज्ञप्तिमा भनेको छ, ‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनर्स्थापना सम्बन्धी निर्णय विपरीत समेत छ ।’ अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको...
मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष लोकतान्त्रिक निकासको आग्रह
समाचार, समाज

मानव अधिकार आयोगद्वारा राष्ट्रपति समक्ष लोकतान्त्रिक निकासको आग्रह

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा आधारित निकास खोज्नुपर्ने आग्रह गरेको छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्क गर्दै वर्तमान अवस्थाबारे छलफल गरेको र लोकतान्त्रिक निकासका लागि राष्ट्रपतिबाट सकारात्मक भूमिका अपेक्षा गरिएको जनाएको छ। मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक पहल राष्ट्रपति स्वयंबाट हुने विश्वास समेत आयोगले शुक्रबारको विज्ञप्तिमार्फत व्यक्त गरेको छ। त्यसैगरी, आयोगले वर्तमान जटिलताका सन्दर्भमा अन्य सरोकारवाला पक्षहरूसँग समेत निरन्तर सम्पर्क कायम राखिरहेको जानकारी दिएको छ।...
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
समाचार, समाज

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

नेपालअखबार,काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए ।बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।...
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
प्रशासन, समाचार, समाज

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

नेपालअखबार,भरतपुर । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैँ फर्किएका हुन् । भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए । “बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुङ्गानाले भने, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ  भनेर पनि हुनसक्छ फर्किएका छन् ।” कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्...
संविधानसम्मत निकास निकाल्न प्राध्यापकहरूको सुझाव
समाचार, समाज

संविधानसम्मत निकास निकाल्न प्राध्यापकहरूको सुझाव

नेपालअखबार,काठमाडौँ । मुलुकमा उत्पन्न राजनीतिक सङ्कटको समाधान संविधानकै दायराभित्र खोज्न प्राध्यापक सङ्गठनहरूले संयुक्त रूपमा सुझाव दिएका छन्। मंगलबार संयुक्त वक्तव्य जारी गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र समाजवादी प्राध्यापक सङ्घले लोकतान्त्रिक र संवैधानिक व्यवस्था बाहिरबाट खोजिएको समाधान स्वीकार्य नहुने स्पष्ट पारेका हुन्। वक्तव्यमा भनिएको छ, “जननिर्वाचित संसद् जनताको सार्वभौमसत्ताको थलो हो, त्यसैले संसद् विघटनका कुनै पनि प्रयास अस्वीकार्य छन्। सरकार शून्यताको अवस्था अन्त्य गर्न संविधानबमोजिम नयाँ सरकार गठन हुनुपर्छ।” सङ्गठनहरूले आम नागरिक र युवाले उठाएका सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका मागलाई सम्बोधन गर्दै संसद् मार्फत नयाँ सरकार गठन गरी आगामी निर्वाचनको वातावरण तयार पार्नु आजको प्रमुख आवश्यक...
नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ
प्रशासन, समाचार, समाज

नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ

नेपालअखबार,काठमाडौं।  नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्। उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्। पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए। 'नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,' इन्स्पेक्टर कुँवरले भने। पूर्वराज्यमन्त्री टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए। तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ। उनी बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि कारागारबाट भागेका थिए।...
नेपालबाट भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ
प्रशासन, समाचार, समाज

नेपालबाट भागेका १२ जना कैदी भारत पस्न खोज्दा पक्राउ

नेपालअखबार, काठमाडौं । । नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन्। सिद्धार्थनगरबाट आठ जना र महाराजगन्ज जिल्लाको सोनौली सीमा नजिकबाट चार जना पक्राउ परेका हुन्। सिद्धार्थनगरमा पक्राउ परेकामध्ये पाँच जना भारतीय र तीन जना नेपाली नागरिक छन्। नेपाली कैदीहरूमा हरिलाल (३५) र सुरज चौधरी (२९) रहेका छन्, जो यौन हिंसा र लागुऔषधसम्बन्धी अपराधमा जेल परेका थिए। भारतीय नागरिकहरू चोरी र लागुऔषध नियन्त्रण ऐन अन्तर्गतका अपराधमा संलग्न थिए। नेपालमा जारी हिंसात्मक प्रदर्शन र ठूलो सङ्ख्यामा भएका जेल ब्रेकका घटनापछि भारत-नेपाल सीमामा सुरक्षा जाँच कडा पारिएको छ। प्रहरी उपरीक्षक अभिषेक महाजनका अनुसार, ती फरार व्यक्तिहरूलाई खुनवा र अलिग...
तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला
समाचार, समाज

तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला

नेपालअखबार, काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो ।अन्दाजी ३०–३५ वर्षका महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको प्रहरीले बताएको छ । उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ ।...
संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन
राजनीति, समाचार, समाज

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन

नेपालअखबार, काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् । काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनिति हो’, अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।...