Sunday, August 30

स्वास्थ्य

विराटनगरमा कोशी अस्पतालका नर्स र नापी कार्यालयका कर्मचारीमा कोरोना
समाचार, स्वास्थ्य

विराटनगरमा कोशी अस्पतालका नर्स र नापी कार्यालयका कर्मचारीमा कोरोना

नेपाल अखबार, विराटनगर । विराटनगरपमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका, दुई स्टाफ नर्स, दुई नापी कार्यालयका कर्मचारीसहित ४ महिला र ८ पुरुष छन् । आइतबार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा दुई जना कर्मचारीमा संक्रमण पुष्टि नापी कार्यालय विराटनगरका निमित्त प्रमुख गणपति साहले जानकारी दिए । उनका अनुसार नापीबाट पाँच जनाको स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये एक जना नापी कार्यालयका सुरक्षा गार्ड हुन् । एक जना राजस्व फाँटका खरिदार हुन् । अब नापी कार्यालयका सबै कर्मचारीको जाँच गर्न महानगरपालिकालाई भनेको र भोलिदेखि कार्यालय बन्द हुने साहले जानकारी दिए । कोशी अस्पतालका दुई नर्समा कोरोना आइतबार विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये तीनजना कोशी अस्पताल विराटनगरका कर्मचारी रहेको पाइएको छ । मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमण पुष्टि ...
गण्डकी प्रदेशमा थपिए १९ जना कोरोना संक्रमित
प्रदेश २, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए १९ जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आइतबार फेरि १९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजनामा संक्रमण देखिएको हो । थपिएका मध्ये  नवलपरासी, गोरखा र तनहुँका यसअघि छुटेका हुन् । आइतबार बिहानमात्रै गण्डकीमा२० जना संक्रमित थपिएका  थिए । यससँगै गण्डकीमा आइतबारमात्रै ३९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितको जम्मा संख्या १५२४ पुगेको छ । हालसम्म प्रदेशमा १३०४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।...
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण
विश्व, स्वास्थ्य

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण

नेपाल अखबार, एजेन्सि ।  भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। शाहले ट्वीटमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन्। उनले आफू अस्पतालमा भर्ना भएको पनि बताएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा रहेको भारतमा हालसम्म १७ लाख ५७ हजार ३९३ मा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमिमध्ये यहाँ ३७ हजार ४५२ को मृत्यु भइसक्दा ११ लाख ४९ हजार उपचारपछि स्वस्थ बनेका छन्। लकडाउन खुकुलो बनाइएसँगै भारत पछिल्लो समय कोरोनाको केन्द्र बनेको छ। यहाँ पछिल्लो समय ४० हजारभन्दा बढी संक्रमित दैनिक बढ्दै गएका छन्।...
उपत्यकामा ३१ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

उपत्यकामा ३१ कोरोना संक्रमित थपिए

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गाैतमका अनुसार संक्रमितमध्ये काठमाडौँका २२, ललितपुरका ८ र भक्तपुरका १ रहेका छन्। यासँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ। आज ८ हजार ८६१ को पीसीआर परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन्। अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ पुगेकाे छ।...
कोरोनाबाट भारतका शिक्षामन्त्री रानीको निधन
विदेश, स्वास्थ्य

कोरोनाबाट भारतका शिक्षामन्त्री रानीको निधन

नेपाल अखबार, एजेन्सि। भारतको उत्तरप्रदेश राज्यकी प्रविधि तथा शिक्षामन्त्रीको मृत्यु भएको छ । ६२ वर्षीया कमला रानी वरुणको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि भर्ना गरिएको लखनउस्थित एसबिपिजिआईमै उनको मृत्यु भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा २४६ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा २४६ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ। आज ८ हजार ८६१ को पीसीआर परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन्। अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ।...
अब ४ हजारमै पीसीआर परीक्षण गर्ने
समाचार, स्वास्थ्य

अब ४ हजारमै पीसीआर परीक्षण गर्ने

नेपाल अखबार, काठमाडाैं। सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले अब ४ हजारमै आरटी पीसीआर परीक्षण गर्ने भएको छ । विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीमा परीक्षणको दायरा बढाउँदै छिटोभन्दा छिटो संक्रमितको पहिचान गर्ने सरकारको अभियानमा साथ दिन पाउँदा खुसी मिलेको म्यानेजमेन्टले जनाएको छ। प्रारम्भिक परीक्षणको नतिजाअनुसार ल्याबको क्षमता प्रयोग गर्दा ४ हजार रुपैयाँमा नै आरटी पीसीआर परीक्षण गर्न सकिने देखिएपछि शुल्क घटाएको ल्याब प्रमुख विके भण्डारीले बताए। उनका अनुसार महामारीको यो अवस्थामा जनताको सेवालाई ध्यानमा राख्दै ल्याब खर्च समावेश हुनेगरी मात्र शुल्क राखिएको हो। १५ साउनबाट स्वाब संकलन गरेर परीक्षण सुरु गरेको यस ल्याबले करिब ५ घन्टामा तयार हुँदै अँएको रिपोर्ट सेवा र सुविधालाई तीव्र बनाउँदै ४ घन्टामै रिपोर्ट लिन सकिनेगरी काम गरिरहेको म्यानेजमेन्टद्वा...
गण्डकीमा २० संक्रमित थपिए
प्रदेश २, समाचार, स्वास्थ्य

गण्डकीमा २० संक्रमित थपिए

पोखरा । पोखराका १  जनासहित गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान प्रदेशको कास्की जिल्लाका ४ जना पुरुष तथा २ महिला, तनहुँका २  जना पुरुष, स्याङजाका ६ पुरुष तथा २ महिला, लमजुङका ३ पुरुष र बागलुङका १ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५  सय ५ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन् ।...
पर्सामा थप ४५ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण

इफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् । मास  ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए । साउन १२ गते देखि १६ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण...
पछिल्लो २४ घण्टामा थप३१५ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप३१५ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति संक्रमित थपिए ? सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५६ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।...