Saturday, August 29

स्वास्थ्य

थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६७ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म नेपालमा सक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी दिए । उनले हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको पनि जानकारी दिए ।...
‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’

नेपाल अखबार , एजेन्सि। भारतमा कोभिड–१९ संक्रमणलाई लिएर भारतीय विज्ञान संस्थान (आईआईएससी) ले एक अनुमान लगाएको छ । यसअनुसार कोरोना नियन्त्रणको स्थिति अति राम्रो रहेको अवस्थामा पनि मार्च २०२१ सम्म संक्रमितको संख्या ३७ लाख ४ हजारसम्म पुग्ने सक्ने जोखिम छ । सबैभन्दा खराब अवस्थामा यस दौरान मार्चसम्म ६ करोड १८ लाख मानिस संक्रमित हुनेछन् । आईआईएससी मोडल संक्रामक रोगको गणितीय नमूनामा एक संकेत हो र यो देशको कोभिड–१९ तथ्याङ्क र यस वर्ष २३ मार्चदेखि १८ जुनबीच देखिएको कोरोना संक्रमणका घटनामा आधारित छ । यद्यपी, अहिले भारतमा कोभिड–१९ को अवस्था नियाल्दा यो अनुमान भविष्यमा फरक हुने सम्भावना पनि छ । यस मोडलको सबैभन्दा खराब परिदृश्य प्रक्षेपण मार्च २०२१ को अन्त्यसम्म पनि भारतमा कोभिड–१९ को संक्रमण चरममा नपुग्ने सम्भावना हो । अर्कातर्फ, राम्रो परिदृश्य भारतमा सेप्टेम्बरको दोस्रो साता या अक्टुबरसम्म कोभिड–१९ च...
ब्रा नलगाउनुका पाँच फाइदा
स्वास्थ्य

ब्रा नलगाउनुका पाँच फाइदा

नेपाल अखबार, एजेन्सि। महिलाको ब्रासँगको सम्बन्ध जटिल छ । एउटा राम्रो ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत गर्नसक्छ भने केही महिलाका लागि ब्रा दुखाईको कारण पनि बन्नसक्छ । कतिलाई यो लगाउन नपरे पनि हुन्थ्यो भन्ने हुन्छ भने कतिलाई भने ब्रा नलगाउँदा असहज महसुस हुन्छ । ब्रा लगाउने–नलगाउने यो व्यक्तिगत निर्णयमा भर पर्ने कुरा हो । यहाँ आज हामी तपाईंलाई ब्रा नलगाउनुका फाइदाबारे जानकारी दिँदै छौं । छालाको स्वास्थ्य राम्रो हुन्छः यदि तपाईं लामो समयका लागि ब्रा लगाउनुहुन्छ भने ब्राको स्ट्रेप, कप र रडले तपाईंको स्तन वरिपरिको छालालाई निकै दबाब दिइरहेको हुनसक्छ । तसर्थ ब्रा नलगाउँदा स्तन वरिपरिको छाला र तन्तुमा दबाब पर्दैन । ब्रा नलगाउँदा छालामा ब्याक्टेरिया र कुनै पनि किटाणुले असर पार्ने सम्भावना कम गर्न मद्दत गर्छ जुन कपडासँगै छालामा टाँस्सिन सक्छ, विशेषगरी गर्मी वा ओसिलो मौसममा  । आराम महसुस ...
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो
प्रदेश ६, समाचार, स्वास्थ्य

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो

नेपाल अखबार, सुर्खेत। कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ । त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर ख...
थपिए १ सय १६ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

थपिए १ सय १६ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बुधबार १ सय १६ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  १७ हजार १ सय ७७ पुगेको छ । नेपालमा संक्रमित मध्ये ११ हजार २५ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा ६ सय ९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।...
कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।  त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको  संख्या एक लाख ३९ हजार १४५ रहेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।  भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने ...
कोरोनाविरुद्धको लडाइँमा कसरी असफल बन्दैछ अमेरिका ?
विश्व, स्वास्थ्य

कोरोनाविरुद्धको लडाइँमा कसरी असफल बन्दैछ अमेरिका ?

नेपाल अखबार, एजेन्सि । विश्वको शक्तिशाली मुलुक अमेरिकामा जसरी कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढिरहेका छन्, त्यसले समग्र विश्वलाई नै अचम्ममा पारेको छ । ३३ करोड हाराहारीमा रहेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख ३५ हजार ६१५ जनाको मृत्यु भइसकेको छ । ७ जुलाईमा त अमेरिकामा एकैदिन ६० हजार नयाँ कोरोना संक्रमित भेटिए । वासिङ्टन पोस्टका अनुसार अमेरिकाका अस्पतालहरूमा अहिले बिरामीको चाप बढेको छ । आईसीयू पनि भरिभराउ हुने अवस्थामा पुगेका छन् । अमेरिकामा स्वास्थ्यकर्मीहरूलाई मास्क, ग्लोभ्स र पीपीईलगायतका व्यक्तिगत सुरक्षा सामग्रीको कमी हुन थालेको छ । यूएसए टुडेका अनुसार अहिले अमेरिकामा चीनको तुलनामा निकै धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना भाइरस पहिलो पटक चीनमा भेटिएक...
थपिए गण्डकीमा थप २५ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए गण्डकीमा थप २५ संक्रमित

नेपाल अखबार, पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो । निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा ३, मालिकमा ४, रघुगंगा र मंगलामा एक, एक जना गरि ९ संक्रमित थपिएका छन् । यसैगरि, तनहूँको भिमादमा २, आबूँखैरेनीमा १ गरि ३ जना र नवलपुरको कावासोतीमा २ बुलिङटारमा ८ पुरुष र एक महिलागरि ११ संक्रमित थपिएका छन् । गोरखा र कास्कीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना
समाचार, स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना

नेपाल अखबार, पोखरा । पोखरा स्वास्थ्य विज्ञानको आइसोलेसन कक्षमा उपचाररत ६ जनाले कोरोना जितेका छन् । कास्कीका ५ र स्याङ्जाका १ गरि ६ जना संक्रमित निको भएर घर फर्किएका हुन् । थप ६ जनाले कोरोना जितेर घर फकिएसँगै गण्डकीमा कोरोना जित्नेको संख्या ७ सय ८५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअनुसार आइसोलेसन कक्षमा उपचाररत ६ जना संक्रमित मंगलबार निको भएर डिस्चार्ज भएका छन् । उनका अनुसार कोरोना जितेर घर फर्किनेमा माछापुछ्रे गाउँपालिका ९ का ३३ वर्षिय पुरुष, स्याङ्जा वालिङका २६ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका ११ कास्कीका २६ वर्षिय पुरुष, पोखरा ६ कास्कीका ३६ वर्षिय पुरुष । यसैगरि, पोखरा ६ कै १६ वर्षिय पुरुष र पोखरा पोखरा १७ कास्कीका ८९ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएको निर्देशक डाक्टर आचार्यले जानकारी दिए । गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ११ सय ९...
भारतमा कोरोना भाइरस संक्रमित संख्या ९ लाख नाघ्यो
स्वास्थ्य

भारतमा कोरोना भाइरस संक्रमित संख्या ९ लाख नाघ्यो

नेपाल अखबार,एजेन्सी । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा  परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११  हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ । भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ । तेस...