Saturday, August 29

स्वास्थ्य

भारतमा आइतबार मात्रै ४० हजार बढी संक्रमितको पहिचान
विदेश, स्वास्थ्य

भारतमा आइतबार मात्रै ४० हजार बढी संक्रमितको पहिचान

नेपाल अखबार, एजेन्सि। भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजार ४ सय २५ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ६ सय ८१ को मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका ७ लाख ८७ संक्रमित निको भइसकेका छन् ।...
थप १५६ मा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो
समाचार, स्वास्थ्य

थप १५६ मा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ। प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए। त्यस्तै नेपालमा अहिलेसम्म कोरोनाका कारण ४० जनाको मृत्यु भइसकेको छ।...
नेपालका ८ जिल्ला भए कोरोनामुक्त
समाचार, स्वास्थ्य

नेपालका ८ जिल्ला भए कोरोनामुक्त

नेपाल अखबार, काठमाडाैं। नेपालका ८ जिल्ला कोरोनामुक्त भएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको बताए। प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना मुक्त भएका हुन्। त्यस्तै प्रवक्ता गौतमलले तीन जिल्लामा कोरोना संक्रमितको संख्या बढी रहेको बताए। प्रवक्ता गौतमका अनुसार रौतहट, कैलाली र बाजुरामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ। त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ। प्रवक्ता गौतमका अनुसार आज ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप ५८ जनामा कोरो...
कोरोनाका कारण विश्वभर एक करोड ४२ लाखभन्दा बढी संक्रमित, मृतकको संख्या ६ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाका कारण विश्वभर एक करोड ४२ लाखभन्दा बढी संक्रमित, मृतकको संख्या ६ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी कुल मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ। त्यसैगरी विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ। मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन्। युरोपेली देशहरु कोरोना भाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन्। त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो। त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ। देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ। पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै एक लाख ४० हजार १०३ जनाको मृत्यु भएको छ। त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ७७२...
सप्तरीमा मृत्यु भएका बृद्धको परिवारका सबैजना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

सप्तरीमा मृत्यु भएका बृद्धको परिवारका सबैजना कोरोना संक्रमित

नेपाल अखबार, सप्तरी।  सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना  सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ  । राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो । मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका-६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए । घर र्फकेपछि गत मंगलबार ७२ वर्षीय बृद्वलाई साँस फेर्न गाह्रो हुँदा उपचारका लागि धरान लगिएको थियो । तर, धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार राति ८...
पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  आइतबार बिहान पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका ६ जना र लमजुङका ६ जना गरी थप १२  जनामा संक्रमण पुष्टि भएको जनाएको छ । महानगरमा कोरोना पुष्टि हुनेमा ४ जिल्लाका २४  देखि ६७  वर्ष उमेर समुहका ६  पुरुषहरु रहेको निर्देशनालयले जानकारी दिएको छ । त्यसैगरी लमजुङका ५ पालिकाका २९ देखि ६५ वर्ष उमेर समुहका ६  पुरुषहरुमा समेत कोरोना पोजेटिभ देखिएको  निर्देशनालयले जनाएको छ । संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३  सय २  पुगेको छ । आइतबार बिहान गण्डकीमा २४ जना  कोरोना संक्रमित थपिएका हुन् ।...
आज  ५७ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

आज ५७ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। बितेको २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए । गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट  ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ । हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।...
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ८८१

नेपाल अखबार, कैलाली  । सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ८८१ रहेको छ । महिला ९०२ र पुरुष २ हजार ९७९ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । हालसम्म अछाम ६३७, बैतडी३००, बझाङ्ग १६४, बाजुरा ४४६, डडेल्धुरा २८६, दार्चुला २०, डोटी ५३६, कैलाली १०३१, कंचनपुर ४६१ जना संक्रमित फेला परेको मिडिया ब्रिफिङ्गमा जनाएको हो । हालसम्म १ हजार ६६८ निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ । सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट शुक्रबार गरिएको परिक्षणबाट ८, डडेल्धुरा अस्पातालको प्रयोगशाला ३ बाट जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले  जानकारी दिए । प्रदेशमा हालसम्म २८ हजार २७७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २४ हजार ३९६ मा नेगेटिभ आएको उनले बताए । १ हजार ५१० को रिपोर्ट आउन बाँकी रहेको छ ।...
भारतमा मात्रै एकै दिन ३५ हजार संक्रमित
विश्व, स्वास्थ्य

भारतमा मात्रै एकै दिन ३५ हजार संक्रमित

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमणदर झन् तीब्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४१ हजार दुई सय ६५ जनामा संक्रमण देखिनुले त्यसको पुष्टि गर्छ। गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। अमेरिकापछि ब्राजिल र भारतमा धेरै संक्रमित देखिएका छन्। गएको २४ घण्टामा ब्राजिलमा ४३ हजार आठ सय २३ र भारतमा ३५ हजार चार सय ६८ जनामा संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ। वल्र्डओमिटरको शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १० लाख पाँच हजार ६ सय ३७ पुगेको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २५ हजार ६ सय नौ पुगेको छ। गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार ६ सय ३९ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वभर संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ९१ हजार आठ सय ६० पुगेको...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,  काठमाडाैं। नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असार ३० अस्पतालमा भर्ना गरिएको थियो। मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट पीडित ती वृद्धाको बुधबार अस्पतालमै स्वाब संकलन गरिएको थियो। बिहीबार बिहान आएको रिर्पामा उनमा कोरोना पोजिटिभ देखिएको थियो। उनको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।...