Wednesday, July 15

स्वास्थ्य

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा
विदेश, समाचार, स्वास्थ्य

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

नेपालअखबार, एजेन्सि । अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ । यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइए अनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्क गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक...
रेडक्रस सोसाइटीद्धारा पोखरा महानगरपालिकालाई विपद तथा कार्यलय व्यवस्थापन सामाग्री प्रदान
समाचार, स्वास्थ्य

रेडक्रस सोसाइटीद्धारा पोखरा महानगरपालिकालाई विपद तथा कार्यलय व्यवस्थापन सामाग्री प्रदान

नेपाल अखबार, पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ । विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कास्की मार्फत पोखरा महानगरपालिकालाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको हो । पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताए । कुनै पनि प्रकारका विपदहरुमा तत्काल रेस्पोन्स सहित राहत तथा उद्धारको काम गर्ने गरी विपद् सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घण्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताए...
पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।...
अक्सिजन सिलिन्डर फिर्ता गर्न मन्त्रालयको आग्रह
प्रशासन, समाचार, स्वास्थ्य

अक्सिजन सिलिन्डर फिर्ता गर्न मन्त्रालयको आग्रह

नेपपालअखबार ,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । अक्सिजन आपूर्ति व्यवस्था सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटा उद्योगका अक्सिजन सिलिन्डरहरु अन्यत्र जाने क्रम पनि अत्याधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउन सक्ने मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ । अक्सिजन सिलिन्डरहरु देशका दुरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकाले सबैजना संवेदनशील बनिदिन मन्त्रालयले सूचनामार्फत् अनुरोध गरेको हो । यस्तै, स्वास्थ्य मन्त्रालयले अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्दा गर्न तथा अस्पतालको आपूर्...
खाली पेट चना–मुँग खानुका फाइदा : तनाव, तौल, एसिडिटी कम गर्न, प्रतिरोधी क्षमता बढाउन, गर्भवतीका लागि उत्कृष्ट
समाचार, स्वास्थ्य

खाली पेट चना–मुँग खानुका फाइदा : तनाव, तौल, एसिडिटी कम गर्न, प्रतिरोधी क्षमता बढाउन, गर्भवतीका लागि उत्कृष्ट

नेपालअखबार, एजेन्सि। बिहान खाली पेटमा अंकुरित चना खाँदा शरीर बलियो हुन्छ र रोग टाढै बस्छन् । अंकुरित चना खाँदा शरीरमा प्रोटिनको मात्रा कायम रहन्छ । यसलाई सलादमा मिसाएर पनि खान सकिन्छ । यसमा प्रोटिन, भिटामिन र फाइबर प्रचुर मात्रामा पाइन्छ, जसले तनाव कम गर्छ । भारतकी डाइटिशियन सिमरन सैनीले चना र मुँग खानुका फाइदाबारे जानकारी दिएकी छिन् ः अंकुरित चना खाँदा स्वस्थ हुनुहुनेछ – चनामा आइरन र फस्फोरस हुन्छ, जसले हेमोग्लोबिनको स्तर बढाउँछ । यसलाई हरेक दिन खाँदा रक्तअल्पता र कमजोरी हट्छ । – आलस्य र थकानबाट बच्नको लागि दैनिक अंकुरित चना खानुहोस् र सधैं उर्जावान रहनुहोस् । चना खान थालेको केही दिन भित्रै तपाईंले आफूलाई फुर्तिलो महसुस गर्नुहुनेछ । – फाइबरले भरिपूर्ण भिजाएको चना खाँदा कब्जियतको समस्या हटेर जान्छ । – बारम्बार पिसाब लाग्ने समस्या छ भने चना खाँदा आराम मिल्छ । – खाली पेटमा ...
२४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

२४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।...
मकवानपुरमा २८ जनामा डेङ्गु संक्रमण
समाचार, स्वास्थ्य

मकवानपुरमा २८ जनामा डेङ्गु संक्रमण

नेपालअखबार,काठमाडौं । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना संक्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको संक्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ । मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी सो रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको संक्रमण देखा परेको छ । सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । सङ्क्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उनले बताए । कतिपय निजी अस्पतालमा उपचार गराइरह...
पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो।  परीक्षण गरिएको १५ प्रतिशतमा देखिएको हो। ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। तीन हजार ९१ जनाको पिसिआर र दुई हजार ९११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५४३३ जना सक्रिय संक्रमित छन्। ३०१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।...
देशभर थप ८ सय १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर थप ८ सय १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

नेपाल अखबार,  काठमाडाैं । देशभर थप ८ सय १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५०९ तथा एन्टीजेन विधिबाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । यता थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।...
जनशक्ति नहुँदा बिरामीलाई सास्ती
समाचार, स्वास्थ्य

जनशक्ति नहुँदा बिरामीलाई सास्ती

नेपालअखबार, पर्वत। गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चारजना कार्यालय सहयोगीलाई करारमा राखिएको थियो । उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेशन वार्ड, ओपिडी, ल्याबलगायत विभिन्न भागमा कार्यरत रहँदै आएका थिए । प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा बढाउन नै समस्या परिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताए । जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ला भन्ने आशा भए पनि जनशक्ति अभावले जिल्लावासी निराश बनेका छन् । पन्ध्र शय्याको अस्पताललाईस्त...