Saturday, July 11

स्वास्थ्य

संक्रमणकै कारण महोत्तरीमा १६ दिनमै ८ को मृत्यु, तेस्रोपटक निषेधाज्ञा
प्रदेश २, समाचार, स्वास्थ्य

संक्रमणकै कारण महोत्तरीमा १६ दिनमै ८ को मृत्यु, तेस्रोपटक निषेधाज्ञा

नेपाल अखबार, महोत्तरी । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो । सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गर्नुभएको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा निषेधाज्ञा जारी थियो । भदौ लागिकन जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट मृत्यु भएका कूल १० मध्ये आठको म...
उपसभामुख तामाङ आमाछोरा नै कोरोना सङ्क्रमण  मुक्त
प्रदेश ३, समाचार, स्वास्थ्य

उपसभामुख तामाङ आमाछोरा नै कोरोना सङ्क्रमण मुक्त

नेपाल अखबार, मकवानपुर। कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् । “राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिएका छन् । मेरा लागि कोरोना आतङ्कबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो । यहाँहरुको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विश...
प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

नेपाल अखबार, मोरङ  ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री  घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ । रासस...
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

नेपाल अखबार, एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ । मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् : गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ । केही दि...
पर्सामा अत्यावश्यक औषधिको अभाव
प्रदेश २, स्वास्थ्य

पर्सामा अत्यावश्यक औषधिको अभाव

इरफान अली, वीरगन्ज । विगत लामो समय देखिको निषेधाज्ञा तथा कोरोना महामारीका कारण पर्सामा जीवन रक्षक अति आवश्यक औषधिहरुको अभाव हुन थालेको छ । स्वास फेर्नलाई साजिलो हुने रामवाण मानिएको औषधिको अभाव वीरगञ्जमा रहेको पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले आफ्नो फेसबुक स्टाट्स मार्फत जनाएका छन् । पर्सामा हाल २१०० जना भन्दा बढी कोरोना संक्रमित छन भने २ दर्जन भन्दा बढि संक्रमित वीरगन्जको विभिन्न आईसोलेशनको आइसियुमा राखिएका छन् । कोरोना संक्रमित, निमानिया संक्रमित, दमको रागीलाई चाहिने अति आवश्यक ‘अस्थालिन रेस्पाईरेटोरी सोलुसन’ नामक औषधि दिने गरिएको छ । तर विगत केही दिन देखि पर्साको बजारमा यो औषधिको अभाव भएको पर्साका जन सवास्थ्य निरिक्षक जयमोद ठाकुरले जनाएका छन । स्वास फेर्न गार्हो हुने कोरोना संक्रमित तथा अन्य दमका रोगीलाई नभई नहुने औषधिको अभावले ज्यानै गुमाउने अवस्था हुन नदिनका लागि स्वास्थ्य निरि...
आज कोरोनाबाट थप ७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

आज कोरोनाबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। देशभर आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २२८ पुगेको छ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए । आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  प्रवक्ता गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  ३९ हजार ४६० पुगेको उनले बताए । यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् । यस्तै  देशभर सक्रिय संक्रमितको संख्या १७ ...
पछिल्लो २४ घण्टामा फेला परे ८९९ जना संक्रमित
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा फेला परे ८९९ जना संक्रमित

नेपाल अखबार, पाेखरा।   नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर महिला ३०३ र पुरुष ५९६ गरी उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन्। ३९ हजार ४ सय ६० जना संक्रमित रहेका छन्। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए। १७ हजार ८ सय २२ जना देशभर सक्रिय संक्रमित रहेको उनले बताए। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन्। ११ हजार १ सय २९ पीसीआर परीक्षण भएको छ। ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा र संक्रमणमुक्त हुने २१ हजार ४ सय १० जना रहेका छन्।...
अमेरिकालाई उछिन्दै एकै दिनमा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतको कीर्तिमान
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

अमेरिकालाई उछिन्दै एकै दिनमा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतको कीर्तिमान

नेपाल अखबार, एजेन्सि। २४ घण्टामा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतले नयाँ कीर्तिमान बनाएको छ । कोरोनाभाइरसबाट विश्वकै तेस्रो सबैभन्दा धेरै प्रभावित मुलुक भारतमा आइतबार ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकाले १७ जुलाइमा बनाएको कीतिमानलाई भारतले उछिनेको हो । अमेरिकामा सो दिन सर्वाधिक ७७ हजार २९९ संक्रमित फेला परेका थिए । अर्थतन्त्रलाई चलायमान बनाउन प्रतिबन्धहरुलाई खुकुलो बनाएसँगै भारतमा कोरोनासंक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । ग्रामिण क्षेत्रमा संक्रमण फैलिदा यो चिन्ताको विषय बनेको छ । डा. मनोज कुमारले ग्रामिण क्षेत्रमा संक्रमण फैलिन सुरु गरेको कारण संक्रमितको संख्या बढेको बताए । संक्रमण फैलिदै जाँदा सरकारले भने प्रतिबन्धहरुलाई झनै खुकुलो बनाउँदै लगेको छ । अर्को महिनादेखि मास्क र सामाजिक दुरी कायम गरी १०० जनासम्म भेला भएर कार्यक्रमहरु गर्न पाउनेछन् । ठूला सहरमा रे...
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २२२ पुग्याे
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतककाे संख्या २२२ पुग्याे

नेपाल अखबार, भरतपुर । कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणको कारण सोमबार बिहान मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय २२ पुगेको छ। भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए। भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो। सोमबार बिहान ७ः२० मा उनको मृत्यु भएको हो। योसँगै भरतपुर अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमा चितवनका मात्रै छ छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको हो।भरतपुर अस्पतालमा मकवानपुरका तीन, कैलाली, गोरख...
नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने
समाचार, स्वास्थ्य

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

नेपाल अखबार, काठमाडाैं। नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ । विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी हुन् ।...