Friday, July 10

हाइलाइट-समाचार

रविलाई दिएन पूर्वमन्त्रीको दर्जा गृह मन्त्रालयले
प्रशासन, राजनीति, समाचार, हाइलाइट-समाचार

रविलाई दिएन पूर्वमन्त्रीको दर्जा गृह मन्त्रालयले

नेपालअखबार, काठमाडाैं । नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्। शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए। त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ  लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे।...
खानेपानी मन्त्री अब्दुल खानलाई रौतहटमा भब्य स्वागत
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानी मन्त्री अब्दुल खानलाई रौतहटमा भब्य स्वागत

नेपालअखबार, राैतहट।  खानेपानी मन्त्री अब्दुल खानलाई रौतहटमा भब्य स्वागत गरेकाछन्  । स्थानीय तहमा जनताकाे जनगुनासाे साथै खानेपानीकाे समस्याबारे जानकारी लिन  जिल्ला दाैडमा रहेका मन्त्री खानले बताए । राैतहट  जिल्ला जनमत पार्टीले अभिनन्दन तथा भेटघाट कार्यक्रम  प्रमुखअतिथि खानेपानी मन्त्री अब्दुल खानलाई पार्टीका कार्यकरता साथै स्थानीयले भब्यरुपमा स्वागत गरेका थिए । मन्त्री  खानलाई स्थानीय जनताले   स्थानीय साथै आफ्नो समस्या सुनाएका थिए   । फाेटाे फिचर...
अनेरास्ववियूले जलायो शिक्षा मन्त्रीको पुत्ला
राजनीति, समाचार, हाइलाइट-समाचार

अनेरास्ववियूले जलायो शिक्षा मन्त्रीको पुत्ला

नेपालअखबार, काठमाडाैं । अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो। नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो। शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ। उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन्। शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए। मन्त्रीको उक्त निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरु...
पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
समाचार, समाज, हाइलाइट-समाचार

पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

नेपालअखबार, पोखरा । पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार भएको छ । विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुग्नुभएका फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी डटकमका पत्रकार घिमिरेलाई स्थानिय टोल विकास समितिका केहि व्यक्तिले समाजका अन्य मानिसहरुलाई उक्साएर उहाँ माथि दुर्व्यवहार गरेका हुन् । पत्रकार घिमिरेले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार घिमिरेले बताउनुभएको छ । स्थानिय दह ठुलाखेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, बाबुराम पौडेल, पिताम्बर पौडेल लगायतका व्यक्तिले गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दु...
खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण

नेपालअखबार, काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पारेका छन् । मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उनको आग्रहमा आफुले मन्त्रालय सम्हालेको बताए । मन्त्री खांनले   भने, ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरु अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ  बताएका छन्।’ खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा...
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरे कारबाही गर्ने प्रहरीको चेतावनी
प्रशासन, समाचार, हाइलाइट-समाचार

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरे कारबाही गर्ने प्रहरीको चेतावनी

नेपालअखबार,काठमाडौँ । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ । प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको छ । आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ । ‘सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने समेत सम्पूर्णमा जानकारी गिरएको छ’, सूचनामा उल्लेख छ । अति प्रज्वल...
वामपन्थी नेता वामदेव गौतम एकीकृत समाजवादी कार्यालयमा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

वामपन्थी नेता वामदेव गौतम एकीकृत समाजवादी कार्यालयमा

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतम बिच भेट वार्ता भएको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतम बिच भेटघाट भएको हो । भेटमा समसामयिक राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक परिस्थितिको बारेमा छलफल भएको बताईएको छ । भेटमा नेता वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गर्नु भयो । आजको भेटमा उक्त दस्ताबेजहरु अध्ययन गर्ने र त्यस बिषयमा अर्को भेटमा छलफल गर्ने सहमति भयो । अध्यक्ष  नेपालले गौतमलाई यथासिघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गर्नु भयो । यो प्रस्तावलाई  गौतमले सकारात्मक रुपमा लिनु भयो र छिट्टै निर्णय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयि । आजको बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष द्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिव द्वय प्रकाश...
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत

नेपालअखबार, काठमाडाैं । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत। मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्‍याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ। मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) हो विकास गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उनलाई अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा  पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उनलाई ‘इशा अबार्ड’बाट सम्मानित गरेको छ। पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ। आफू पुरस्कृत भएको खबर पाउँदा उनी बिरामीको...
खुम्बुमा चिसोले पानी जम्न थाल्यो
समाचार, समाज, हाइलाइट-समाचार

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

नेपालअखबार, सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७  विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ । यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श...
सञ्चार मन्त्री शर्माको राजनीतिक यात्रा : जेल जीवनदेखि सञ्चार मन्त्रीसम्म
राजनीति, समाचार, हाइलाइट-समाचार

सञ्चार मन्त्री शर्माको राजनीतिक यात्रा : जेल जीवनदेखि सञ्चार मन्त्रीसम्म

नेपालअखबार, रुपन्देही । नेपाली राजनीतिमा महिला सशक्तीकरणको आवाज बुलन्द गर्दै अहिले नेपाल सरकारको सञ्चार मन्त्री बन्न सफल एक नेतृको नाम हो रेखा शर्मा । दाङ जिल्लाको घोराहीमा ९ असोज २०२६ सालमा जन्मेकी नेतृ रेखा शर्माले वि.सं. २०४३ सालतिर राजनीतिक जीवनको प्रारम्भ गरेकी हुन् । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य समेत रहेकी मन्त्री शर्मा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नं। २ बाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई पराजित गर्दै तेस्रो पटक संसद् छिरेकी हुन् । अनेकौँ राजनीतिक उतारचढाव झेल्दै नेपाली राजनीतिमा महत्त्वपूर्ण स्थान ओगट्न सफल नेतृ शर्माले महिला सशक्तीकरणको अभियानमा पनि उलेख्य भूमिका खेलेकी छन् । १८ वर्षको उमेरमै दाङ जिल्लामा अखिल क्रान्तिकारीको उपाध्यक्ष बनेकी शर्मा २२ वर्षको उमेरमा, वि.सं. २०४८ सालमा अखिल नेपाल महिला सङ्घ दाङको अध्यक्ष बनिन् । २४ वर्षको...