संसदमा गगन थापाले भने : ओलीकाे जन्मदिनले ज्ञानेन्द्रको न्यास्रो मेटायो
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको न्यास्रो मेटाएको बताएका छन् ।
मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै
नेता थापाले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ । तर
उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ०६१
सालका राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ ।’
प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै
व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको थापाले स्मरण
गराएका थिए । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे
पनि थापाले टिप्पणी गरेका थिए ।
‘गोकुल बाँस्कोटा र विजय मिश्रको वार्तालाप
हामीले सुन्यौँ । यो अडियो प्रधानमन्त्रीले पहिले नै सुन्नुभएको थियो भन्ने
हामीले थाहा पायौँ । तर यसबारे संसदमा आएर आँखा जुधाए...
