Friday, September 25

दुर्घटना

राष्ट्रपतिले गरे गाई पूजा
दुर्घटना, समाचार, समाज

राष्ट्रपतिले गरे गाई पूजा

नेपालअखबार,काठमाडौँ । । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ तिहार अर्थात् यम पञ्चकका अवसरमा आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार  देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।...
दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
दुर्घटना, समाचार

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालअखबार,बुटवल । दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका-४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका-६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । उनका अनुसार राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेमा रा१ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । ...
डडेल्धुरामा बस दुर्घटना, ४ जनाकाे मृत्यु
दुर्घटना, समाचार, समाज

डडेल्धुरामा बस दुर्घटना, ४ जनाकाे मृत्यु

नेपालअखबार,धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।...
मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार,झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए। दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउत...
बागलुङ दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
दुर्घटना, समाचार

बागलुङ दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

नेपालअखबार, बागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका–२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो । मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो । घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचा...
गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
दुर्घटना, समाचार

गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालअखबार, बागलुङ।  गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। दुर्घटनामा एक जना घाइते भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। सामान्य घाइते भएका पुरूषलाई उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।...
बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते
दुर्घटना, समाचार

बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते

नेपालअखबार,पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते भएका छन् । नारायणगढबाट आज बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् । घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका–१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका–७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक ख...
बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो
दुर्घटना, समाचार

बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

नेपालअखबार, बाँके। बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो  । बाँकेमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ। घाइतेमध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायणले  बताए। बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका–६ का २४ वर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर–६ कै ६० वर्षीय मानबहादुर वलीको यसअघि मृत्यु भएको थियो। अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ। घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएका छन्। दाङको तुलसीपुबाट नेपालगन्जतर्फ जाँदै गरेको  भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडकखण्डमै पल्टिएक...
पोखरामा स्कुल बस तीन ट्याक्सीसँग ठोकियो
दुर्घटना, समाचार

पोखरामा स्कुल बस तीन ट्याक्सीसँग ठोकियो

नेपालअखबार, पोखरा । पोखरामा स्कुल बस ट्याक्सीमाथि खस्दा चालक घाइते भएका छन् । पोखरा १७ घारिपाटनस्थित हिमालयन आँखा अस्पताल नजिक पार्किङमा राखेको ट्याक्सीमाथि बस खसेको हो । न्यू मोडल सेकेण्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक स्याङ्जाको भीरकोट घर भई पोखरा ९ कृष्णटोल बस्ने ५४ वर्षका दलबहादुर गुरुङ घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको र उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । बसमा २० जना विद्यार्थीहरू सवार थिए । उनीहरूलाई कुनै शारीरिक चोटपटक नलागेको शर्माको भनाई छ । चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसले तीनवटा ट्याक्सीमा क्षति पुगेको छ । ग १ ज २९३४ नम्बरको ट्याक्सीको अगाडि र पछाडि क्षति भएको छ भने ग१ज २२४१ नम...
तनहुँ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो
दुर्घटना, समाचार

तनहुँ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २७ जना पुग्यो

नेपालअखबार, तनहुँ।  तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‘भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो,’ उनले भने। त्यसैगरी घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो। दुर्घटना भएपछि नेपाल प्रह...