Tuesday, November 4

दुर्घटना

कारको ठक्करले पोखरामा २ पैदल यात्रीको मृत्यु
दुर्घटना, समाचार

कारको ठक्करले पोखरामा २ पैदल यात्रीको मृत्यु

नेपालअखबार,पाेखरा। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए । कार चालक फरार रहेकाले खोजी कार्य जारी छ । कारलाई भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छ ।...
पश्चिम तान्जानियामा ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते
दुर्घटना, विदेश, समाचार

पश्चिम तान्जानियामा ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते

नेपालअखबार, एजेन्सि। पश्चिमी तान्जानियाको किगोमा क्षेत्रमा शनिबार साँझ एउटा मिनी बस र ट्रक ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । किगोमा क्षेत्रीय आयुक्त फिलेमोन माउन्गुले किगोनामा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार साँझ ५ बजे सो दुर्घटना भएको हो । स्थानीय समय अनुसार शनिबार किबोन्डो जिल्लाको मुम्कुग्वा गाउँमा किबोन्डो–काकोन्को राजमार्गमा गुडिरहेको मिनी बसका चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो ।...
ट्रयाक्टर दुर्घटनामा श्रीमान्-श्रीमतीसहित पाँच जनाको मृत्यु
दुर्घटना, समाचार

ट्रयाक्टर दुर्घटनामा श्रीमान्-श्रीमतीसहित पाँच जनाको मृत्यु

नेपालअखबार, जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो  । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ । दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यस्तै दुर्घटनामा सोही वडाको डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ   । विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति १० बजे भएको कार्यालयले जनाएको छ ।  विज्ञप्तिका अनुसार...
भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

नेपालअखबार,  काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । मैनाली चढेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका-२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।टिपर चालक धादिङका सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।...
मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु
दुर्घटना, समाचार

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

नेपालअखबार, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर पार्किङ गर्नका लागि ब्याक गर्ने आइतबार अपराह्न साढे ३ बजेतिर भिरबाट करिब ३ सय मिटर तल खसेको थियो ।...
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
दुर्घटना, समाचार

ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते

नेपालअखबार, तनहुँ। ट्रकले ठक्करले तनहुँमा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो। मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना.७ ख ८२४१ नम्बरको टिपरले ना.३२ प २७८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक विश्रामपुर गाउँपालिका-५ बस्ने २७ वर्षीय श्रीराम प्रसाद गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-४ सानो महुबारीमा लु.१ क १७१८ नम्बरको सिद्दार्थ प्रतिभा ईङलिस हाई स्कुल सूर्यपुराको बस र लु.३७ प ८४८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिक...
तनहुँको  घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते
दुर्घटना, समाचार

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

नेपालअखबार, तनहुँ । तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा  सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो। राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए। दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन्। घाइतेहरूमध्ये  ९ जनालाई  पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ। अन्यको दमौली अ...
इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता
दुर्घटना, विदेश, विश्व, समाचार

इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता

नेपालअखबार, एजेन्सि। इटालीको लाम्पेडुसा टापु नजिकै एक आप्रवासी जहाज दुर्घटनामा एक दुई वर्षीय बालकको मृत्यु भएको छ भने अन्य ८ जना बेपत्ता भएका छन् । साथै ४२ जनाको उद्धार गरिएको छ । ५० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा ट्युनिसियाको बन्दरगाह सहर स्फ्याक्सबाट गएको थियो । जहाजमा रहेका केही व्यक्ति पौडी खेलेर किनारमा पुग्न सफल भएका थिए भने अन्यलाई तटरक्षक र स्थानीय माछा मार्नेहरूले उद्धार गरेका थिए । बेपत्ता हुनेमा दुई साना बालबालिका पनि रहेका छन् । स्थानीय रिपोर्टका अनुसार डुङ्गाले आइभरी कोस्ट, बुर्किना फासो, गिनी–बिसाउ र मालीबाट आप्रवासीहरू बोकेको थियो । ८ सय भन्दा बढी मानिसहरू बोकेका ११ डुङ्गाहरू ल्याम्पेडुसामा अवतरण गरेका थिए । जसको आवास केन्द्रको क्षमता ४ सय भन्दा बढी छ । डुंगामा सवार आप्रवासीहरु सिरिया, इराक, इजिप्ट, मोरक्को, पाकिस्तान र बंगलादेशका नागरिक थिए । लाम्पेडुसा इटालीको दक्ष...
इलाम बस दुर्घटना २ जनाको मृत्यु
दुर्घटना, समाचार

इलाम बस दुर्घटना २ जनाको मृत्यु

नेपालअखबार, विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो । धनुषाकाे धनुषाधाम नगरपालिका ९ बाट आएकाे बस कन्यामबाट फर्कंने क्रममा मेची राजमार्गकाे काेल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । ‍बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रण...