Saturday, September 26

दुर्घटना

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु
दुर्घटना, समाचार

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

नेपालअखबार, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर पार्किङ गर्नका लागि ब्याक गर्ने आइतबार अपराह्न साढे ३ बजेतिर भिरबाट करिब ३ सय मिटर तल खसेको थियो ।...
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
दुर्घटना, समाचार

ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते

नेपालअखबार, तनहुँ। ट्रकले ठक्करले तनहुँमा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो। मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना.७ ख ८२४१ नम्बरको टिपरले ना.३२ प २७८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक विश्रामपुर गाउँपालिका-५ बस्ने २७ वर्षीय श्रीराम प्रसाद गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-४ सानो महुबारीमा लु.१ क १७१८ नम्बरको सिद्दार्थ प्रतिभा ईङलिस हाई स्कुल सूर्यपुराको बस र लु.३७ प ८४८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिक...
तनहुँको  घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते
दुर्घटना, समाचार

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते

नेपालअखबार, तनहुँ । तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा  सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो। राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए। दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन्। घाइतेहरूमध्ये  ९ जनालाई  पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ। अन्यको दमौली अ...
इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता
दुर्घटना, विदेश, विश्व, समाचार

इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता

नेपालअखबार, एजेन्सि। इटालीको लाम्पेडुसा टापु नजिकै एक आप्रवासी जहाज दुर्घटनामा एक दुई वर्षीय बालकको मृत्यु भएको छ भने अन्य ८ जना बेपत्ता भएका छन् । साथै ४२ जनाको उद्धार गरिएको छ । ५० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा ट्युनिसियाको बन्दरगाह सहर स्फ्याक्सबाट गएको थियो । जहाजमा रहेका केही व्यक्ति पौडी खेलेर किनारमा पुग्न सफल भएका थिए भने अन्यलाई तटरक्षक र स्थानीय माछा मार्नेहरूले उद्धार गरेका थिए । बेपत्ता हुनेमा दुई साना बालबालिका पनि रहेका छन् । स्थानीय रिपोर्टका अनुसार डुङ्गाले आइभरी कोस्ट, बुर्किना फासो, गिनी–बिसाउ र मालीबाट आप्रवासीहरू बोकेको थियो । ८ सय भन्दा बढी मानिसहरू बोकेका ११ डुङ्गाहरू ल्याम्पेडुसामा अवतरण गरेका थिए । जसको आवास केन्द्रको क्षमता ४ सय भन्दा बढी छ । डुंगामा सवार आप्रवासीहरु सिरिया, इराक, इजिप्ट, मोरक्को, पाकिस्तान र बंगलादेशका नागरिक थिए । लाम्पेडुसा इटालीको दक्ष...
इलाम बस दुर्घटना २ जनाको मृत्यु
दुर्घटना, समाचार

इलाम बस दुर्घटना २ जनाको मृत्यु

नेपालअखबार, विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो । धनुषाकाे धनुषाधाम नगरपालिका ९ बाट आएकाे बस कन्यामबाट फर्कंने क्रममा मेची राजमार्गकाे काेल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । ‍बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रण...
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
दुर्घटना, समाचार

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालअखबार,मकवानपुर। मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो। ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्। उनका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।...
भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो । रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।...
बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते
दुर्घटना, समाचार

बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते

नेपालअखबार, पाेखरा। पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन्। पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए। बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए। रासस...
बारामा बस दुर्घटना हुँदा एक एक जनाको मृत्यु
दुर्घटना, समाचार

बारामा बस दुर्घटना हुँदा एक एक जनाको मृत्यु

नेपालअखबार, बारा। बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो । दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु,  सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् । यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया-७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका-२ का १९ वर्षीय अनिष राई पनि घाइते छन् । उनीहरू मध्ये वीरबहादुर ...