Monday, September 28

दुर्घटना

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु
दुर्घटना, समाचार

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु

नेपालअखबार, बुटवल । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ । मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।...
तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु
दुर्घटना, समाचार

तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु

नेपालअखबार, तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना भएको छ। आइतबार साँझ दुलेगौंडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप पिउरी दोभानस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  भने सात यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए। मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। डिएसपी खाँणका अनुसार उनी जीपका चालक हुन्। घाइते हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का २१ वर्षीया मोतिकला भुजेल, सोही स्थानका ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल छन्। घाइतेमध्ये मोतिकलाको शुक्लागण...
बैतडी जीप दुर्घटनाः क्षतिपूर्तिमा सहमति नजुट्दा शव परीक्षण हुन सकेन
दुर्घटना, समाचार, समाज

बैतडी जीप दुर्घटनाः क्षतिपूर्तिमा सहमति नजुट्दा शव परीक्षण हुन सकेन

नेपालअखबार, बैतडी । बैतडीमा मङ्गलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका ६ जनाको अझै शव परीक्षण हुनसकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन। शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पु¥याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन्। गाडी धनीबाट  क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका  छैनन्। मिलनले आफ्ना दाई पदमलाई सहमतिका लागि पठाएका थिए। पदमले मौखिक सहमति मात्रै गरेकाले मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन्। यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटना...
बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु
दुर्घटना, समाचार

बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् । दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए । जिप दुर्घटनाको कारण खुलेको छैन ।...
पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटना, एकजनाको मृत्यु
दुर्घटना, समाचार

पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटना, एकजनाको मृत्यु

नेपालअखबार, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का  एक व्यक्ति घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।...
एसइईका विद्यार्थी चढेको जिप दुर्घटना, १ जनाको मृत्यु
दुर्घटना, समाचार

एसइईका विद्यार्थी चढेको जिप दुर्घटना, १ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । कैलालीको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको कैलालीका एसपी वेन्द्र पालले  बताए । मृतक अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रबाट एसइई दिएर घर फर्किँदै थिए । अत्तरियाबाट फल्टुडे जाँदै गरेको जिपमा सवार १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीय सरस्वती धामी घाइते भएका छन् । घाइतेहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार हुँदैछ । घाइतेहरू पनि एसइई दिएर फर्किएका हुन् । जिप अनियन्त्रित भएपछि चालकले भित्तामा ठोक्काएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी पालले जानकारी दिए ।...
गाईघाट बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार

गाईघाट बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय मोटरसाइकल चालक तारणी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रक चालक, ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
एलपी ग्याँस बोकेको भारतीय ट्याङ्कर पल्टिदा एकको मृत्यु
दुर्घटना, समाचार

एलपी ग्याँस बोकेको भारतीय ट्याङ्कर पल्टिदा एकको मृत्यु

नेपालअखबार, चितवन । एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्याङ्कर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो ट्याङ्करमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। मृतकको पहिचान खुल्न सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।...
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, सात घाइते
दुर्घटना, समाचार

रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, सात घाइते

नेपालअखबार । रामेछापमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ। शनिबार बेलुका सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको बा १६ च ३८२५ नम्बरको बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा सडकबाट करिब चारसय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेको रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए। दुर्घटनामा सात जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी पराजुलीले बताए।...
नुवाकोटको बेतिनीमा टाटासुमो दुर्घटना
दुर्घटना, समाचार

नुवाकोटको बेतिनीमा टाटासुमो दुर्घटना

नेपालअखबार, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।...