Saturday, July 25

दुर्घटना

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
दुर्घटना, समाचार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

नेपालअखबार, गोरखा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेल रहेका छन् । माघ २० गते साँझ ललाई-फकाई आफ्नो घरको कोठामा लगेर पोखरेलले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । गत पुस ३० गते पनि उनले बालिकालाई घरमा लगेर जबरजस्ती गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी लिलाराज लामिछानेले बताए ।पक्राउ परेका पोखरेलविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी म्‍याद थपेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।...
धादिङमा स्कुटर दुर्घटना हुँद किशोरको मृत्यु
दुर्घटना, समाचार

धादिङमा स्कुटर दुर्घटना हुँद किशोरको मृत्यु

नेपालअखबार , धादिङ । धादिङको महादेववेशीमा टिप्परमा स्कुटर ठोक्किएर एकजना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परेर थाक्रे गाउँपालिका–११ घर भएका १५ वर्षीय संगम लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले  बताए । पृथ्वी लोकमार्गमा काठमाडौंबाट गजुरी जाँदै गरेको बागमती प्रदेश–२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा.४ ख २६५४ नम्बरको टिप्परमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका संगमको उपचारको क्रममा धार्के स्थित शाहीबाबा अस्पतालमा मृत्यु भएको डिएसपी खत्रीले जानकारी दिए ।...
रोल्पामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
दुर्घटना, समाचार

रोल्पामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

नेपालअखबार, रोल्पा। मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ। रोल्पा नगरपालिका ४ का २६ वर्षीय पुरन चन्द बिहीबार बिहान ७ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। घाइते चन्दको जिल्ला अस्पताल रेउघामा उपचारका दिउँसो सवा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ। लिवाङबाट गजुलतर्फ जाँदै गरेको रा ३ प १०३८ नम्बरको चन्द सवार मोटरसाइकल दहरेभिरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।...
सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार, काठमाडाैं । काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो। कलंकीबाट सीतापाइला जाँदै गरेको मिनी बस बा २ ख ८३६८ र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ३४२ सुमो गाडी ठोक्किएको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। रशुवा गोशाइकुण्ड-६ घर भई काठमाडौंको पुतलीसडक बस्ने ५१ वर्षीया यायाल्म घलेको दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो। उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। तीन जना घाइते छन्। दुई जनाको मनमोहन अस्पताल र एक जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। कलंकीमा उपचाररत एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।...
कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पंदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् ।उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।...
भिरबाट लडेर तनहुँमा एकको मृत्यु
दुर्घटना, समाचार

भिरबाट लडेर तनहुँमा एकको मृत्यु

नेपालअखबार, तनहुँ। भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ। धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतीय नागरिकको मृत्यु शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ। भारतको उत्तरप्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा बस्दै आएका उनी बिरामी थिए। उनको जिपी कोइराला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।...
सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु
दुर्घटना, समाचार

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए...
नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते
दुर्घटना, समाचार

नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

नेपालअखबार,बुटवल । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो । सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए । बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।...
हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु
दुर्घटना, विश्व, समाचार

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

नेपालअखबार, काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।...
विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन
दुर्घटना, समाचार, समाज

विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन

नेपालअखबार, पाेखरा । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १/२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको जहाजमा पोखरा फर्किएका थिए । जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्...