Tuesday, September 29

दुर्घटना

जोमसामबाट पोखरा जाँदै बस कालीगण्डकीमा खस्यो
दुर्घटना, समाचार

जोमसामबाट पोखरा जाँदै बस कालीगण्डकीमा खस्यो

नेपालअखबार, पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ । गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए । दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत ...
भक्तपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु
दुर्घटना, समाचार

भक्तपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका-६ बाख्रीगाउँमा ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक शंकर तामाङको मृत्यु भएको हो । उनी सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल, साँखुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । यस्तै जोरपाटीमा बा ४ ख ८९१२ नम्बरको बसको ठक्करबाट बा ९९ प ३४८५ नम्बरको स्कुटरका चालक ओमकुमारी श्रेष्ठको मृतयु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको भत्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।बस र चालक भक्तपुर इताछेका दयाराम देशेमरु प्रहरी वृत्त, जगातीको नियन्त्रणमा छ ।...
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
दुर्घटना, समाचार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

नेपालअखबार, गोरखा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेल रहेका छन् । माघ २० गते साँझ ललाई-फकाई आफ्नो घरको कोठामा लगेर पोखरेलले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । गत पुस ३० गते पनि उनले बालिकालाई घरमा लगेर जबरजस्ती गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी लिलाराज लामिछानेले बताए ।पक्राउ परेका पोखरेलविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी म्‍याद थपेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।...
धादिङमा स्कुटर दुर्घटना हुँद किशोरको मृत्यु
दुर्घटना, समाचार

धादिङमा स्कुटर दुर्घटना हुँद किशोरको मृत्यु

नेपालअखबार , धादिङ । धादिङको महादेववेशीमा टिप्परमा स्कुटर ठोक्किएर एकजना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परेर थाक्रे गाउँपालिका–११ घर भएका १५ वर्षीय संगम लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले  बताए । पृथ्वी लोकमार्गमा काठमाडौंबाट गजुरी जाँदै गरेको बागमती प्रदेश–२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा.४ ख २६५४ नम्बरको टिप्परमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका संगमको उपचारको क्रममा धार्के स्थित शाहीबाबा अस्पतालमा मृत्यु भएको डिएसपी खत्रीले जानकारी दिए ।...
रोल्पामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
दुर्घटना, समाचार

रोल्पामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

नेपालअखबार, रोल्पा। मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ। रोल्पा नगरपालिका ४ का २६ वर्षीय पुरन चन्द बिहीबार बिहान ७ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। घाइते चन्दको जिल्ला अस्पताल रेउघामा उपचारका दिउँसो सवा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ। लिवाङबाट गजुलतर्फ जाँदै गरेको रा ३ प १०३८ नम्बरको चन्द सवार मोटरसाइकल दहरेभिरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।...
सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार, काठमाडाैं । काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो। कलंकीबाट सीतापाइला जाँदै गरेको मिनी बस बा २ ख ८३६८ र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ३४२ सुमो गाडी ठोक्किएको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। रशुवा गोशाइकुण्ड-६ घर भई काठमाडौंको पुतलीसडक बस्ने ५१ वर्षीया यायाल्म घलेको दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो। उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। तीन जना घाइते छन्। दुई जनाको मनमोहन अस्पताल र एक जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। कलंकीमा उपचाररत एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।...
कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पंदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् ।उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।...
भिरबाट लडेर तनहुँमा एकको मृत्यु
दुर्घटना, समाचार

भिरबाट लडेर तनहुँमा एकको मृत्यु

नेपालअखबार, तनहुँ। भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ। धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतीय नागरिकको मृत्यु शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ। भारतको उत्तरप्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा बस्दै आएका उनी बिरामी थिए। उनको जिपी कोइराला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।...
सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु
दुर्घटना, समाचार

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए...
नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते
दुर्घटना, समाचार

नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

नेपालअखबार,बुटवल । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो । सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए । बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।...