Wednesday, October 29

दुर्घटना

त्रिशुलीमा ट्रक खस्यो
दुर्घटना, समाचार

त्रिशुलीमा ट्रक खस्यो

नेपाल अखबार, चितवान। त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ । दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रासस...
दुर्घटनामा एकको मृत्यु
दुर्घटना

दुर्घटनामा एकको मृत्यु

नेपाल अखबार, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो । दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाकटरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चडेका तीनमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । छ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको प्रहरी निरीक्षक साहले बताएका छन् । दुर्घटनामा गम्भीर घाइते ...
पहिरोले बस भिरबाट खस्यो
दुर्घटना, समाचार

पहिरोले बस भिरबाट खस्यो

नेपाल अखबार,  नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । यसैबी...
धुलिखेलमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
दुर्घटना, समाचार

धुलिखेलमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

नेपाल अखबार, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित वीपी राजमार्गमा बिहीबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बा.४ ख ५८७० नम्बरको माइक्रोबस सडकबाट करिब ८० फिट तल खस्दा चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो
दुर्घटना, समाचार

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

नेपाल अखबार, काठमाडौँ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार ट्याङ्कर गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट २ सय मिटर तल त्रिशूलीमा खसेको छ । ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको डीएसपी खड्काले बताए । पानीमा माथिल्लो भाग (तेल भर्ने ठाउँ) मात्रै देखिएकाले ट्यांकरमा लागेको आगो निभाउन कठिनाइ भएको डीएसपी खड्काको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित ...
पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

नेपाल अखबार, चितवन। यसैबीच चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ । गीतानगरबाट सिताराम चोकतर्फ जाँदै लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका वडा नं. ६ पारसनगरमा ठक्कर दिँदा भरतपुर २३ का ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको हो । उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।...
दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

नेपाल अखबार, घोराही । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । कुँवरको उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो । उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध
दुर्घटना, समाचार

नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध

नेपाल अखबार, चितवान। नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ। दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको भन्दै चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए।...
डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना, समाचार

डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर

नेपाल अखबार, डाेटी।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए । चालक निदाएका कारण दुर्घटना भएको...
४ वर्षीय बालिकालाई ७८ वर्षीय बरालले गरे यौन दुर्व्यवहार,बराल पक्राउ
Uncategorized, दुर्घटना, समाचार, हाइलाइट-समाचार

४ वर्षीय बालिकालाई ७८ वर्षीय बरालले गरे यौन दुर्व्यवहार,बराल पक्राउ

पोखरा वडा नं ५ का ७८ वर्षीय एकनारायण बराललाई ४ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । गत चैत्र १९ गते बरालले बालिकालाई एक्लै भएको अवस्थामा यौन दुव्यर्बहार गरेका भन्दै पीडित बालिकाका आफन्तले भदौं २२ गते मंगलबार जिल्ला प्रहरी कार्यलय कास्कीमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले आरोपितलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको जानकारी दिए । चैत १९ गते बालिकाका आमासँग साग लिन गएकी बालिका घर फर्किएपछि छिमेकीले गरेको कर्तुतका बारेमा सुनाइन् । छोरीको कुरा सुने छागाँबाट खसे झै भएकी आमाले इज्जतको डरमा घटना बाहिर ल्याउन चाहिनन् । बालिकालाई आमालाई नभन्न समेत आरोपितले भनेका थिए  तर परिवारका सदस्य र आफन्तबीच गाइगुइँ हल्ला चल्यो । पीडित परिवारले आरोपितका परिवारलाई घटना बारे जानकारी गराएका थिए । घटना भएको समयमा बालिकाको योनीमा कोतारेको दाग...