Wednesday, September 30

दुर्घटना

धादिङको गल्छीमा भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दियो, दुई जनाको मृत्यु
दुर्घटना, समाचार

धादिङको गल्छीमा भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दियो, दुई जनाको मृत्यु

नेपालअखबार, धादिङ। धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाट आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।  ...
पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
दुर्घटना, समाचार

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

नेपालअखबार, डाेल्पा। डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा एक  स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए। प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो ।   रासस...
सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु, पाँच जना घाइते
दुर्घटना, समाचार

सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु, पाँच जना घाइते

नेपालअखबार, रूकुम । रूकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लोसेरा भन्ने स्थानमा लु.१ झ ६६० नम्बरको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ भने ५ जना प्रहरी कर्मचारीहरू घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवार, जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुम (पूर्व) का प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक रबिन्द्र श्रेष्ठ सहितको टोली ईलाका प्रहरी कार्यालय तकसेरा निरीक्षण तथा सो क्षेत्रको शान्ति सुरक्षाको वस्तुस्थिति बुझ्न जाने क्रममा प्रहरी कर्मचारीहरूमात्र सवार उक्त गाडी दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारको लागि तत्काल नेपाली सेनाको हेलिकोप्टरद्वारा कोहलपुर मेडिकल कलेज नेपालगञ्ज बाँकेमा लगिएकोमा उपचारको क्...
मुग्लिन नजिकै त्रिशूलीमा ट्रक खस्यो
दुर्घटना, समाचार

मुग्लिन नजिकै त्रिशूलीमा ट्रक खस्यो

नेपालअखबार, चितवन । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए । ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन । ट्रक नदीमा डुबेकोले नम्बर पनि खुलेको छैन ।...
अरब सागरमा पल्टियो भारतीय जहाज, पाकिस्तानी नौसेनाद्वारा उद्धार
दुर्घटना, विदेश, समाचार

अरब सागरमा पल्टियो भारतीय जहाज, पाकिस्तानी नौसेनाद्वारा उद्धार

नेपालअखबार, एजेन्सि। भारतीय जहाज अरब सागरमा पल्टिएपछि पाकिस्तानी नौसेनाले बिहीबार उद्धार गरेको छ। अगस्ट ९ मा बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादर नजिकै भारतीय जहाज ‘जमना सागर’ डुबेको थियो। जहाजमा १० जना चालक दलका सदस्य थिए। घटना लगत्तै आफूहरूले उद्धार गरेको पाकिस्तानी नौसेनाका जनसम्पर्क महानिर्देशकले जानकारी दिएको छन्। डुबेको जहाजबाट एक जनाको शव निकालिएको थियो। पाकिस्तानी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार नौसेनाले जहाजको बारेमा जानकारी पाए लगत्तै पाकिस्तान समुद्री सूचना केन्द्रले नजिकैको व्यापारी जहाज 'एमटी क्रुइबेके' लाई भारतीय जहाजका चालक दलका सदस्यलाई आवश्यक सहयोग गर्न भनेपछि उद्धार गरिएको थियो। व्यापारिक जहाजले चालक दलका नौ सदस्यलाई उद्धार गरेको विज्ञप्तिमा जनाइएको छ। पाकिस्तानी नौसेना जहाजसँगै दुई वटा हेलिकप्टर सहितको उद्धार टोलीले बेपत्ता भएका चालक दलका अर्का एक सदस्यको श...
कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
दुर्घटना, समाचार

कर्णाली करिडोरमा सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

नेपालअखबार , सिमकाेट। कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो। भिरबाट लडेर एक जना घाइते भएका छन्। कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछाने भिरबाट खसेका थिए। सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ। घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ। टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। रासस...
तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
दुर्घटना, समाचार

तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

नेपालअखबार, तनहुँ। पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना भएको छ  । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले  बताए । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र चालक जीवन आले छन् । माइक्रोबस अनियन्त्रित भएर सम्धीखोला पुलको रेलिङमा ठोक्किएर १५ फिट तल खसेको डीएसपी खड्काले जानकारी दिए ।  ...
भारत : भ्यान भित्र करेन्ट लाग्दा १० को मृत्यु
दुर्घटना, विश्व, समाचार

भारत : भ्यान भित्र करेन्ट लाग्दा १० को मृत्यु

नेपालअखबार, एजेन्सि। भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एउटा ठूलो दुर्घटना भएको छ । एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन् । घटनालगत्तै यात्रलाई अस्पताल पुर्याइयो । भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो । प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ तर चालक भने फरार छन् ।...
पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, पाेखरा । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले हिजो बेलुकी पौने ६ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...
जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालअखबार, जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  विहान करिव साढे ६ वजे दुर्घटना भएको हो । मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले बताए । ड्राइभर दलबहादुर बुढा हुन । उनका अनुसार ड्राइभर घाइते छन् । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका हुन । उनलाई प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ। गाडीमा ५ जना यात्रु सवार थिए। अरु सकुशल रहेका छन् ।...