Friday, October 16

दुर्घटना

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
दुर्घटना, समाचार

दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नेपालअखबार, दाङ। दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्। गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए। उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन्। घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। भण्डारीको हात र खुट्टामा चोट लागेको छ। चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए।...
आफ्नै स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु
दुर्घटना, समाचार

आफ्नै स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु

नेपालअखबार, मोरङ। मोरङको रङ्गेलीमा मंगलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा रङ्गेली–७ का महादेव मण्डलका  ४ वर्षीय  छोरा  रिपिक  मण्डल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी रंगेली–६ चोप्राहाका  नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । सोनामको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले  दिउँसो करिब साढे ३ बजेतिर सोही विद्यालयमा अध्ययनरत बालबालिकालाई किचेको थियो । स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित  भएर किच्दा विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नार...
तनहुँमा भएको दुर्घटनामा २ जनाको मृत्यु
दुर्घटना, समाचार

तनहुँमा भएको दुर्घटनामा २ जनाको मृत्यु

नेपालअखबार, तनहुँ । पृथ्वी राजमार्ग अन्तगत तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडाका जयराम मोक्तान र भिमफेदीका दिपेश गोले रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवाराज खड्काले जानकारी दिए । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो ।...
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटना, समाचार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

नेपालअखबार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना सख्त घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बू र ट्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए  । खस्त घाइते दुवैलाई वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताए । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको...
लाकुरीभञ्ज्याङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
दुर्घटना, समाचार

लाकुरीभञ्ज्याङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

नेपालअखबार, काठमाडाैं । ललितपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायण डाँडामा सोमबार राति टिपर दुर्घटनामा परेको हो। नारायणडाँडा उकालोमा बा ४ ख ७३३६ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट टिपर चालकको मृत्यु भएको हो। मृतक काभ्रे मण्डनदेउपुर घर भएका ३३ वर्षीय कपिल तामाङ छन्। प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।...
महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

नेपालअखबार, जलेश्वर । महोत्तरीको गौशालामा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका-४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ।...
स्कुटरसहित भिरबाट खसेर शिक्षिकाको मृत्यु
दुर्घटना, समाचार

स्कुटरसहित भिरबाट खसेर शिक्षिकाको मृत्यु

नेपालअखबार, नुवाकाेट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ। तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेको बा ९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो। घटनास्थलभन्दा ५०० मि तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रूपमा कार्यरत थिइन्। रासस...
ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
दुर्घटना, समाचार

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नेपालअखबार, अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।...
ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
दुर्घटना, समाचार

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नेपालअखबार, अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।...
पाेखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
दुर्घटना, समाचार

पाेखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।...