Tuesday, October 28

दुर्घटना

मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते
दुर्घटना

मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते

नेपाल अखबार, तुल्सीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । शाहकोे खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रासस...
गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते
दुर्घटना

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते

नेपाल अखबार, गोरखा । गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो ।...
स्याङ्जा पहिरोमा पुरिएर एक जनाको मृत्यु
दुर्घटना, समाचार

स्याङ्जा पहिरोमा पुरिएर एक जनाको मृत्यु

नेपाल अखबार, स्याङ्जा । गएराति जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सामान्य छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रह...
ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु
दुर्घटना

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

नेपाल अखबार, चितवन। पूर्वी चितवनको खैरहनीमा ट्रयाक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस...
ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु
दुर्घटना

ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु

नेपाल अखबार, रौतहट ।  रौतहटको गुजरा नगरपालिकास्थित एउटा ट्र्याक्टर नाहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । गुजरा ४ गढिमाई मन्दिर छेउमा तीब्र गतिमा गइरहेको ना७ त ८७३८ नम्बरको ट्र्याक्टर नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गुजरा १ मनहरवा गाउँका २७ बर्षिय संजय माझी रहेको घटनास्थल गएका प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई संजय सिंहले जानकारी दिएका छन् । बाटोबाट झन्डै १० फिट तल झर्दा चालक माझी ट्र्याक्टरले चेपिएका थिए । शनिवार बिहान ९ बजे ट्र्याक्टर नहरमा खसे लगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक माझीको शव बाहिर निकालिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी हरिनगरले जनाएको छ ।...
ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु
दुर्घटना

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु

नेपाल अखबार,ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ । गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए । वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा अह...
पाल्पा पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो
दुर्घटना

पाल्पा पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो

नेपाल अखबार, बुटवल । तानसेन–गुल्मी सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । ४ वटा सवारी सधान पुरिने गरी भएको सो घटनामा मंगलबार थप एउटा शव फेल परेसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उद्धारको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । मृतक झापा शिवसतासी नगरपालिका वडा नम्बर ८ झिलेझिले बस्ने १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ । सोमबार दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हनेहरुमा पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका वडा नंं २९ ...
तमोर नदीले बगाउँदा ३ जना बेपत्ता, खोजी कार्य जारी
दुर्घटना, प्रदेश १

तमोर नदीले बगाउँदा ३ जना बेपत्ता, खोजी कार्य जारी

नेपाल अखबार,ताप्लेजुङ  । ताप्लेजुङ र तेह्रथुम जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा तमोर नदीले बगाउँदा ३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ताप्लेजुङका १ जना र तेह्रथुमका २ जना रहेको प्रदेश १ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार ताप्लेजुङका सोमबार दिउँसो ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता बनाएको हो। बेपत्ता लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। यसैगरी सोमबार दिउँसो ३ बजे साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रञ्जीत शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन्। पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएपछि उनीहरुसँगै गएका साथीहरुले खबर गरेपछि स्थानीयवासीहरु खोजी कार्यमा...
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
दुर्घटना

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नेपाल अखबार, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । शव भरतपुर अस्पतालमा राखिएको छ ।...
पहिरोमा पुरिएर घाइते भएका जीप चालकको मृत्यु
दुर्घटना

पहिरोमा पुरिएर घाइते भएका जीप चालकको मृत्यु

नेपाल अखबार,    गुल्मी। गुल्मीमा पहिरोले जिप पुर्दा घाइते भएका चालकको मृत्यु भएको छ। शनिबार पहिरोले ग १ ज ३९९७ नम्बरको जिप पुर्दा घाइते भएका गुल्मीकै धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदिप पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते पुनको उपचारका क्रममा सन्धिखर्क अस्पताल अर्घाखाँचीमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए। दुर्घटनामा चार जना घाइते भएका थिए। पहिरोमा परेर शनिबार धुर्कोट गाउँपालिका ३ का तुलसीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो। घायते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।...