Friday, February 20

दुर्घटना

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
दुर्घटना

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपाल अखबार, बुटवल । दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वली रहेका छन् । दुर्घटनामा परी घाइते भएका वलीकाे उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कपिलवस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुतर्फ जाँदै गरेको रा १ च ९६६२ नम्वरको जिप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका ३ मुसोटमा दुर्घटना हुँदा घाइते पाँचजना घाइते भएका थिए । जसमध्ये वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।दुर्घटनामा परी तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएका खड्काले बताए । गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको उनले बताए ।...
बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै जोखिम बढायो
दुर्घटना, समाचार

बर्सेनि पहिरोकै पिरलो, वर्षाले झनै जोखिम बढायो

नेपाल अखबार, बैतडी। मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ । विसं २०१८ देखि शुरु भएको पहिरोले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ । तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीयवासी वीरसिंह भण्डारीले बताए । ठूलो पहिरो भएकाले हरेक वर्ष खस्ने गरेकाले पहिरोले बर्सेनि सताउने गरेको स्थानीय भोजराज जोशीले बताए। “कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन”, उनले भने, “वर्षा शुरु भयो कि पहिरोकै डर हुने गर्दछ ।” पहिरो...
साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण
Uncategorized, दुर्घटना, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका साम्सद कृष्ण थापाले आफ्नो निर्वाचन क्षेत्र कास्की २(१) भित्र बाढी पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । दुई दिनको अविरल बर्षाको कारण आएको बाढी पहिरोले विभिन्न ठाँउमा क्षती पुर्याएको छ । पोखरा १७ स्थित डुबानमा रहेको छोरेपाटन, नमुना टोल स्थित स्थानियको घरमा पसेको पानी , पोखरा १७ र २१ जोड्ने दोबिल्ला पुल नजिक गएको पहिरोले स्थानीयलाई परेको असरको बारेमा बुझ्न थापा प्रभावित क्षेत्रमा पुगेका थिए । थापाले स्थानीय बासीलाई परेको समस्यालाई छिटो भन्दा छिटो हल गर्न सरोकारवाला अनुरोध गरेका छन् ।...
ओखलढुंगामा ट्रक पल्टिँदा चालकको मृत्यु
दुर्घटना

ओखलढुंगामा ट्रक पल्टिँदा चालकको मृत्यु

नेपाल अखबार,ओखलढुंगा । ओखलढुंगामा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए। बिहीबार बिहान साढे चार बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सेतीदेवी मन्दिर नजिकै दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ट्रकले सोलुखोला बेनी हाइड्रोको सामान बोकेको थियो। ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ।रासस...
पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
दुर्घटना

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-५ जिरो किलोमिटरस्थित कालिका पेट्रोल पम्प अगाडि लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानमा बस्ने ५१ वर्षीया रुपा सिंहको मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी सिंहलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घटनामा मोटरसाइकल चालक १९ वर्षीय नारायण प्रसाद आचार्य पनि गम्भीर घाइते भएको र रिजन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी मोटरसाइकल नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।...
पोखरामा दुई मोटरसाइकल एकापसमा जुधे, दुवै मोटरसाइकल जले
दुर्घटना

पोखरामा दुई मोटरसाइकल एकापसमा जुधे, दुवै मोटरसाइकल जले

नेपाल अखबार, पोखरा । पोखरामा दुई मोटरसाइकल एकापसमा जुध्दा आगलागी भएको छ । नयाँ बजार स्थित ट्याक्सी व्यवासायी समितको कार्यालय नजिकै दुई वटा मोटरसाइकल एकापसमा जुध्नासाथ आगलागी भएको हो । आगलागीबाट दुवै मोटरसाइकल जलेर ध्वस्त भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आउदै गरेका दुई मोटरसाइकल एकापसमा जुधेर आगलागी भएको प्रत्यक्षदर्शी रविन पौडेलले बताए । प्रत्यक्षदर्शीका अनुसार दुबै मोटरसाइकलमा सवार ४ जना  भने दुर्घटना लगत्तै उठेर नजिकैको पेट्रोल पम्प तर्फ दौडिएका थिए । दुर्घटनामा  ग१४प ३८६१ र ग१६प ४४४१ नम्बरका मोटरसाइकल चालकसहित २/२ जना गरी ४ जना सामान्य घाइते भएको  जिल्ला प्रहरी कार्यालय  कास्कीका  प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरुको  स्थानीय गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जनाए ।...
मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते
दुर्घटना

मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते

नेपाल अखबार, तुल्सीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । शाहकोे खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  रासस...
गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते
दुर्घटना

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते

नेपाल अखबार, गोरखा । गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो ।...
स्याङ्जा पहिरोमा पुरिएर एक जनाको मृत्यु
दुर्घटना, समाचार

स्याङ्जा पहिरोमा पुरिएर एक जनाको मृत्यु

नेपाल अखबार, स्याङ्जा । गएराति जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सामान्य छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रह...
ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु
दुर्घटना

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

नेपाल अखबार, चितवन। पूर्वी चितवनको खैरहनीमा ट्रयाक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस...