Tuesday, October 28

दुर्घटना

करेन्ट लागेर महिलाको मृत्यु
दुर्घटना

करेन्ट लागेर महिलाको मृत्यु

नेपाल अखबार, डोटी । डोटीको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेकाले बागको मृत्यु भएको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए । पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । रासस...
पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध
दुर्घटना

पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध

नेपाल अखबार, लमजुङ । लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए । उनले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताए ।  बेँसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । रासस...
पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति
दुर्घटना, समाचार

पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति

नेपाल अखबार,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा  लैनो भैँसीसहित चौपाया, रु दुई लाख, आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए । पहिराका कारण त्यस स्थानका अन्य तीन घर पनि जोखिममा परेका छन् ।  यस्तै अविरल वर्षाका कारण गोरुसिंगे –सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।  नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।  पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । रासस...
गोठ भत्किँदा एक महिलाको मृत्युु, तीनजना घाइते
दुर्घटना, समाज

गोठ भत्किँदा एक महिलाको मृत्युु, तीनजना घाइते

नेपाल अखबार,सर्लाही । सर्लाहीस्थित एउटा गोठ भत्किदा एकजनाको मृत्युु भएको छ भने तीनजना घाइते भएको छ । स्थानिय चन्द्रनगर गाउँपालिका स्थित गोठ भत्किदा मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने ६५ वर्षीया  देवकली देवी सिंह रहेको प्रहरीले जनाएको छ  । त्यसैगरी सोही वडा बस्ने ७० वर्षीय वृद्धा रामवरण साह,  वर्ष ५ की गुन्जना कुमारी कापड, वर्ष ३ की जानुका कुमारी कापड घाइते भएको जिल्ला प्रहरी  प्रवक्ता डिएसपी मदन कुवँरले जानकारी दिएका छन् । गोठमा रहेको एउटा भैँसीलाई पनि चोट पटक लागेको छ ।  घटनामा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहीवार साँझ चन्द्रनगर गाउपालिका वडा नं ७ का कैलास साहको बनाउदै गरेको गोठको छानामा खपडा छाउने क्रममा भत्किन गई उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुुर्घटनामा गम्भीर घाइते भएकी  महिलाको उपचारको क्रममा बिहिवार राति श्रीराम हस्पिटल मलंगवामा मुत्यु भएको...
सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो
दुर्घटना

सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो

नेपाल अखबार, सोलुखुम्बु । सोलुखुम्बुको खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले ट्रक बगाएको हो । बिग्रिएर पार्किङ गरी राखिएको बा ३ क ३५५६ नं.को ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । उनका अनुसार ट्रकमा पूर्णरुपले क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो । ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले ट्रक धनीको खोजी भइरहेको सोलुखुम्बु प...
निरन्तरको वर्षाले चुनबाङमा बग्यो बसपार्क
दुर्घटना

निरन्तरको वर्षाले चुनबाङमा बग्यो बसपार्क

नेपाल अखबार, रूकुम। निरन्तर परेको वर्षाका कारण रुकुम (पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौंको क्षति भएको छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ । बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ । बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई  घट्ट र एउटा गुम्टी पसल बगेका छन् । लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए । स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ । चुनबाङमा दाङबाट...
स्याङ्जाको भिरकोटमा जिप दुर्घटना, एक किशोरीको मृत्यु, सात घाइते
दुर्घटना

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना, एक किशोरीको मृत्यु, सात घाइते

नेपाल अखबार,स्याङ्जा । स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ। शनिबार भिरकोट नगरपालिका– ५ मा भएको जिप दुर्घटना सोही नगरपालिका वडा नं. ५ वि १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर घाइते भएकी अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिए। दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन्। दुर्घटनामा भिरकोट– ५ कि ३७ वर्षीया शान्ति अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ वर्षीया शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते भएका हुन। घाइतेलाई गण्डकी मेडिकल कले...
पाल्पाको तिनाउ खोलामा कार खस्यो
दुर्घटना

पाल्पाको तिनाउ खोलामा कार खस्यो

नेपाल अखबा, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो । दुर्घटनामा चालक  गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उनलाई उपचारको लागी बुटवलको लुम्बिनी  प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुुल्न अझै नसकेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।...