Thursday, October 30

दुर्घटना

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु
दुर्घटना, समाचार

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

नेपालअखबार,बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।...
कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु

नेपालअखबार, सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्। जिपको नम्बर खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए। हामी जाँदैछौं। दुर्घटनाको सूचना आएको छ। अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,' उनले भने। जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो।...
बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु
दुर्घटना, समाचार, समाज

बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु

नेपालअखबार, काठमाडौँ । पश्चिम नवलपरासीमा बस चढ्नेक्रममा खस्दा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा २ बजे प्रतापपुर गाउँपालिका-९ खैरेनी स्थित त्रिबेणीदेखि बर्दघाट जादै गरेको लु १ ख ३६६३ नं. को बसमा यात्रु चढ्नेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए। सोही ठाउँमा बस्ने ३४ वर्षीय जगदीश थारु बसमा चढ्ने क्रममा लडेर घाइते भएका थिए। उनको उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचार गराएर भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको थियो। उपचारकै क्रममा अपराह्न ४ बजे मृत्यु भएको डिएसपी बोहराले बताए। बस र बस चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। शव पोष्टमर्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ।...
भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
दुर्घटना, समाचार

भारतमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

नेपालअखबार,देहरादुन । भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ ।  प्रहरी अधिकारीका अनुसार  दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः ३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो । दुर्घटनामा  थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ । सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ । उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भने, “अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका का...
राष्ट्रपतिले गरे गाई पूजा
दुर्घटना, समाचार, समाज

राष्ट्रपतिले गरे गाई पूजा

नेपालअखबार,काठमाडौँ । । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ तिहार अर्थात् यम पञ्चकका अवसरमा आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार  देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।...
दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
दुर्घटना, समाचार

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालअखबार,बुटवल । दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका-४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका-६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । उनका अनुसार राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेमा रा१ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । ...
डडेल्धुरामा बस दुर्घटना, ४ जनाकाे मृत्यु
दुर्घटना, समाचार, समाज

डडेल्धुरामा बस दुर्घटना, ४ जनाकाे मृत्यु

नेपालअखबार,धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।...
मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार,झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए। दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउत...
बागलुङ दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
दुर्घटना, समाचार

बागलुङ दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

नेपालअखबार, बागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका–२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो । मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो । घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचा...
गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
दुर्घटना, समाचार

गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालअखबार, बागलुङ।  गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए। दुर्घटनामा एक जना घाइते भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। सामान्य घाइते भएका पुरूषलाई उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।...