Wednesday, October 29

Uncategorized

एक्सनमा शहरी विकास मन्त्री : राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई नछोड्ने चेतावनी
Uncategorized, राजनीति, समाचार

एक्सनमा शहरी विकास मन्त्री : राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई नछोड्ने चेतावनी

नेपालअखबार, काठमाडाैं । शहरी विकास मन्त्री मेणमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई सहजै नछाड्ने बताएका छन् । हिजो साँझ योहो टेलिभिजनबाट प्रशारण भएको योहो बहसमा बोल्दै मन्त्री चौधरी सो धारणा राखेका हुन् । ‘आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछु सम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ।’ सहरी मन्त्रीले सुनाए । यस अघि सहरको नक्सांकन गर्नेहरुले, ठेकेदारहरुले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको बताएका मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए । ‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोड मुनिका योजनाहरु रोक्नुभएको थियो । त्यसमा अदालतको समेत स्टे अर्डर आइसकेको छ । मैले तत्काल खोल...
Uncategorized

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् । कहाँ कहाँ थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् ।यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ । गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लम...
शारदा स्कुललाई स्टेशनरी
Uncategorized

शारदा स्कुललाई स्टेशनरी

नेपाल अखबार,स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोेला गाउँपालिका भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा उक्त विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो । प्रमुख अतिथि जोन ९७ का चियर पर्सन विशाल सुवेदीले कार्यक्रम उद्घाटन गर्दै लायन्स क्लबको उद्देश्य भनेकै सेवा, सहकार्य र नेतृत्व भएकाले विषम परिस्थितिमा पनि सेन्ट्रल गार्डनले देखाउने भन्दा व्यवहारोपयोगी काम गरेकोमा खुसी व्यक्त गरे । क्लबका निवर्तमान अध्यक्ष मीना रानाभाटले शिक्षक दिवससँगै आफ्नो जन्मदिन समारोहका बीच विद्यालयका प्रधानाध्यापक दीपक रानाभाट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाटलाई शैक्षिक सामग्री हस्तान्तरण गरिन् । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेकी रानाभाटले आफूले अक्षर सिकेको विद्यालय...
एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु

नेपाल अखबार, पाेखरा। स्याङ्जाका कोरोना संक्रमित एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु भएको छ । गत भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यस सँगै  गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३  पुगेको छ । Fa...
४ वर्षीय बालिकालाई ७८ वर्षीय बरालले गरे यौन दुर्व्यवहार,बराल पक्राउ
Uncategorized, दुर्घटना, समाचार, हाइलाइट-समाचार

४ वर्षीय बालिकालाई ७८ वर्षीय बरालले गरे यौन दुर्व्यवहार,बराल पक्राउ

पोखरा वडा नं ५ का ७८ वर्षीय एकनारायण बराललाई ४ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । गत चैत्र १९ गते बरालले बालिकालाई एक्लै भएको अवस्थामा यौन दुव्यर्बहार गरेका भन्दै पीडित बालिकाका आफन्तले भदौं २२ गते मंगलबार जिल्ला प्रहरी कार्यलय कास्कीमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले आरोपितलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको जानकारी दिए । चैत १९ गते बालिकाका आमासँग साग लिन गएकी बालिका घर फर्किएपछि छिमेकीले गरेको कर्तुतका बारेमा सुनाइन् । छोरीको कुरा सुने छागाँबाट खसे झै भएकी आमाले इज्जतको डरमा घटना बाहिर ल्याउन चाहिनन् । बालिकालाई आमालाई नभन्न समेत आरोपितले भनेका थिए  तर परिवारका सदस्य र आफन्तबीच गाइगुइँ हल्ला चल्यो । पीडित परिवारले आरोपितका परिवारलाई घटना बारे जानकारी गराएका थिए । घटना भएको समयमा बालिकाको योनीमा कोतारेको दाग...
कोभिड संक्रमण र सामाजिक आतंक
Uncategorized, पत्रपत्रिका, विचार, विश्व, समाज, स्वास्थ्य

कोभिड संक्रमण र सामाजिक आतंक

मानव सभ्यताको २१औँ शताब्दीसम्म आइपुग्दासम्म धेरै बैज्ञानिक चमत्कारहरु भए, मानव सभ्यता सँगसँगै धेरै खोजहरुको विकास भयो, जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हामीले जिउने जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापन सँग जोडिएको हाम्रो जीवन अहिले खोजमुलक, सभ्यतामुलक, सुविधायुक्त जीवनशैली र भविष्य सँग जोडिएर जिउने क्रमको विकास अगाडी बढेको पाइन्छ । जतिजति विकासकोक्रम अगाडी बढ्छ त्यस सँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं, बेला बखतमा प्राकृतिक प्रकोप लगायत विश्व भरमा नै देखापर्ने महामारीले हाम्रो जीवनशैलीलाई प्रभावित बनाएको छ, अहिले फेरी कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण समग्र विश्व नै स्तव्ध र तनावको स्थितीमा छ, विश्वभर पेण्डेमिक रुपमा फैलिएको यसको संक्रमणले बिस्तारै सदियौदेखि मिलेर बसेका हामीलाई मानिस देखि मानिस नै डराउनु पर्ने, एक ठाउँमा थुनिएर बस्नु पर्ने,...
सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता
Uncategorized, चलचित्र, मनोरञ्जन, समाचार, समाज, साहित्य \कला, हाइलाइट-समाचार

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन्  । शुक्रबार साँझ (आज) भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । पहिलो सिजनको विजेता बुद्ध लामा...
पोखरामा थपिए ११ कोरोना संक्रमित
Uncategorized, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरामा थपिए ११ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । शुक्रबार पोखरामा थप ११ जनामा सक्रमण पुष्टि भएको छ । उनिहरु वडानम्बर १, २, ३, ५, ११, १४ र १६ का रहेको स्वास्थ्य निर्देशनालय गण्कडीले जनकारी दिएको छ । वडानम्बर २ मा संक्रमित व्यक्ती कामना बिकाश बैंक दिप शाखा र वडानम्बर ३ का संक्रमित एभरेष्ट बैंक अमरसिंह शाखामा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । वडानम्बर १२ का संक्रमित ईन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत रहेको वडानम्बर १ का संक्रमित मोबाईल पसल संचालक हुन् । वडानम्बर ५ का संक्रमित औधोगिक क्षेत्रमा कार्यरत व्यक्ती रहेको पनि निर्देशनालयले जानकारी दिएको छ । अन्य व्यक्तीहरु कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेको हुन् । यो सहित गण्डकीमा संक्रमितको संख्या २ हजार ३६ पुगेको छ । बिहान पनि कास्की सहित ४ जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको थियो ।...
पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका दुई वडाका ११ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार साँझ पोखरा–९ का ४ महिला र २ पुरुष, पोखरा-१९ का ५ महिला तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा ११ देखि ८० वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । त्यस्तै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।...
उद्योगी पाण्डेद्वारा ३ करोड ८० लाखको छात्रवृत्ति वितरण गर्ने घोषणा
Uncategorized

उद्योगी पाण्डेद्वारा ३ करोड ८० लाखको छात्रवृत्ति वितरण गर्ने घोषणा

नेपाल अखबार, पाेखरा। पूर्वमन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले रु तीन करोड ७९ लाख ५० बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेकाछन्  । मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो घोषणा गर्नुभएको हो । कास्की र पाल्पा जिल्लाका सबै वडाहरुमा सो छात्रवृत्ति वितरण गरिने उहाँले बताउनुभयो । पाल्पा जिल्लामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी’ छात्रवृत्ति वितरण भैसकेको छ । पाल्पाका ८१ वटा वडा समेट्ने गरी ९२ जनालाई गत फागुनमा पाल्पाली समाज पोखराको व्यवस्थापनमा सो छात्रवृत्ति वितरण गरिएको हो । त्यस्तै कास्कीमा ‘कर्मभूमि’ नामको छात्रवृत्ति वितरण गरिने उहाँले बताउनुभयो । कास्की अन्तर्गत पोखरा महानगर तथा चार वटै गाउँपालिकाका सबै वडाबाट एक–एक जना समेट्ने गरी जनही ५० हजारका दरले ३९ लाख रुपैयाँ छुट्टाइएको पाण्डेले जानकारी दिनुभयो । उहाँद्धारा वितरीत छात्रवृत्तिबाट हाल...