Monday, June 1

अपराध

वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ
अपराध, समाचार, समाज

वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

नेपालअखबार,बर्दिया। बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्। २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए। युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। ‘जाहेरी आएपछि हामीले ८ बजेतिर आरोपीलाई पक्राउ गरेका हौं,’ डिएसपी अर्यालले भने। उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए।...
४ राउन्ड गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ
अपराध, समाचार

४ राउन्ड गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ

नेपालअखबार, सर्लाही । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट  ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम छन् । अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट  खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शंकरपुर बाट सोल्टी तर्फ आउँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले  बताए । २१ वर्षीय पोसन महरा रामको  साथबाट ८ एमएम को ४  राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा
अपराध, प्रशासन, समाचार

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

नेपालअखबार, पोखरा । वास्तविक स्वरुप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ ५ गतेदेखि स्वरुप फेर्ने र ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रण गर्न सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकार प्रहरी निरीक्षक सूर्य रानाका अनुसार हालसम्म ६ सय ८१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको मोटरसाइकलबाट ७ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए । स्वरूप परिवर्तन गरेर होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोसमेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो । फागुन १७ देखि २० गतेसम्ममात्रै ५९ वटा मोटरसाइकल नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । ‘स्वरूप परिवर्तन गरिएका मो.सा.हरू ...
जुवातास खेल्दै गरेका ६ जना पक्राउ, १ लाख ३९ हजार बरामद
अपराध, समाचार

जुवातास खेल्दै गरेका ६ जना पक्राउ, १ लाख ३९ हजार बरामद

नेपालअखबार, पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा ८ स्थित गोपाल बस्नेतले संचालन गरेको ग्यारेजको कोठामा जुवा तास खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा नगद १ लाख ३९ हजार सहित नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का रमेश शाह, भारतको बिहार प्रदेश बिहार घर भई पोखरा बस्दै आएका उपेन्द्र चौधरी, मुकेश शाह, राकेस शर्मा, सप्तरी घर भए पोखरा ८ बस्ने सुजित चौधरी, पोखरा १४ चाउथे बस्ने बर्ष ग्यारेजका संचालक गोपाल बस्नेत रहेका छन् । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवा सम्बन्धी कसुरमा ५ दिनको म्याद थप भई अनुसन्धान भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।...
पाेखरामा प्रहरी हुँ भन्दै डर धम्की दिँदै हिड्ने २ जना पक्राउ
अपराध, प्रशासन, समाचार

पाेखरामा प्रहरी हुँ भन्दै डर धम्की दिँदै हिड्ने २ जना पक्राउ

नेपालअखबार, पाेखरा। पाेखरामा प्रहरी हुँ भनी धम्की दिँदै हिड्ने २ जना व्यक्ति पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ । पाेखरा महानगरपालीका वडा नं.६ लेकसाईडमा २ जना व्यक्तिहरुले मादक पदार्थ सेवन गरी हो-हल्लागर्दै “हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ” भनी रेडियो सेट (वाकिटाकी) समेत देखाई डर त्रास देखाई धम्की दिँदै हिडेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी जानकारी दिएकाे छ । पक्राउ पर्ने पोखरा म.न.पा.वडा नं.०६ शान्तिनगर चोक बस्ने बर्ष ३२ को नारायण गिरी र जिल्ला सप्तरी डाक्लेश्वरी न.पा.वडा नं.७ घर भई हाल जिल्ला कास्की पो.म.न.पा. वडा नं.११ फुलवारी बस्ने बर्ष २१ को बिबेक ठाकुर   रहेका छन् । उनीहरूकाे साथबाट  रेडियो सेट (वाकिटाकी) थान १  फेला परेकाे छ ।  स्थानीय मानिहरुलाई डर त्रास फैलाउदै गरेको अबस्थामा  फेलापारे पछि डिउटीमा खटिएका प्रहरी कार्मचारी...
एम्बुलेन्समा गाँजा तस्करी
अपराध, समाचार, समाज

एम्बुलेन्समा गाँजा तस्करी

नेपालअखबार, विराटनगर । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुन्छ । धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् । दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको हो । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो  गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । ९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेश...
५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ
अपराध, समाचार, समाज

५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

नेपालअखबार, धनकुटा । धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित अवैध लागू औषध गाँजा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारी चालक जयदेवलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
अपराध, समाचार, समाज

रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

नेपालअखबार, राेल्पा। रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी गाउँपालिका – १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा छन्। उनले आफ्नी श्रीमती २८ वर्षीया मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। मदिरा सेवन गरी शुक्रबार दिउँसो ३  बजे भीमबहादुरले घरको आगनमा श्रीमती मनकुमारीको घाँटीमा चक्कु प्रहार गरेका थिए चक्कु प्रहारबाट घटनास्थलमै मनकुमारीको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए। भीमबहादुरलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । बुढा दम्पत्तिका १२ वर्षीय छोरा र ५ वर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।...
पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ

नेपालअखबार, पोखरा । पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ परेका छन्  । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ पुरुनचौर घर भइ हाल नयाँबजार बस्ने वर्ष २८ का सतिश बास्तोला, चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठ छन् । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार पोखराको नयाँबजारस्थित ब्लुुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ । साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्यूटरसमेत उनीहरुको साथबाट बरामद गरिएको डीएसपी विकले जानकारी दिए । पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूरमा १० द...
३४ किलो चरेससहित २ जना भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

३४ किलो चरेससहित २ जना भारतीय नागरिक पक्राउ

नेपालअखबार, बारा। बारा प्रहरीले ३४ किलो चरेससहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंज स्थित हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिमाणमा चरेस फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी इन्स्पेक्टर विरेन्द्रराज गुरूङका अनुसार गाडीको पछाडिको भागमा बक्स बनाइ सोही बक्समा लुकाइछिपाइ राखेको अवस्थामा ३४ किलो चरेस बरामद भएको हो। प्रहरीले कारमा सवार भारत उत्तरप्रदेशको बरेध जिल्ला दिपाद कोतवाद बस्ने ४२ वर्षीय साफिर अली र ४४ वर्षीय मोहमद अबजाललाई पक्राउ गरेको छ। बुधबार पक्राउ परेका उनीहरूलाई लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर गुरूङले जानकारी दिए।...