Monday, June 1

अपराध

६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
अपराध, समाचार, समाज

६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

नेपालअखबार,अर्घाखाँची। अर्घाखाँचीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय  आत्मबहादुर भलामीमगर पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय खनबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो। आइतबार(असार १६) बालिकामाथि बलात्कार भएको उजुरी छ। उजुरी आउनसाथ उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी निरीक्षक दिप्रेन्द्र रावलले जानकारी दिए। 'उजुरी आउनेबित्तिकै हामीले आरोपित व्यक्तिलाई पक्राउ गरेका हौं,' प्रहरी निरीक्षक रावलले भने, 'थप अनुसन्धान भइरहेको छ।'...
बाल यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर
अपराध, प्रशासन, समाचार

बाल यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर

नेपालअखबार, काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले  बताए । उनले भने, ‘अब १७ असारमा सजाय निर्धारण हुनेछ ।’ रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । ज्ञानकुमार र जितबहादुरलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो । बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । बम्जनमाथि सर्लाही...
अवैध रुपमा अमेरिका पठाउने गिरोहका व्यक्ति पक्राउ
अपराध, समाचार, समाज

अवैध रुपमा अमेरिका पठाउने गिरोहका व्यक्ति पक्राउ

नेपालअखबार,काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । स्रोतका अनुसार उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको छ । उनले अमेरिका पठाउने नाममा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । जाहेरी आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने बताइएको छ । दुर्गाबहादुर वली रु कमला डाँगीसहितका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्काले आफ्नो हाई लिंक एजुकेशन कन्सल्टेन्सी रहेको र वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ...
स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार

स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

नेपालअखबार,काठमाडौँ। काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालयमा संचालकहरूले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा सहकारीका अध्‍यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय बासुदेव मान जोशी, सचिव ६७ वर्षीया सुवर्ण सेलालिक र सदस्य ५८ वर्षीय धर्म रत्न पाछैं छन्। उनीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए। तर त्यसबापत बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएकाले काठमाडौं महानगरपालिका सहकारी विभागले सिआइबीलाई पत्राचार गरेको थियो।  उनीहरू...
वनमा डढेलो सल्काउने दुई जना पक्राउ
अपराध, समाचार, समाज

वनमा डढेलो सल्काउने दुई जना पक्राउ

नेपालअखबार,ओखलढुंगा। वनमा आगो लगाएको अभियोगमा ओखलढुंगामा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ बर्षीय सुजन विकलाई पक्राउ गरिएको हो।  ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई  हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ। जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए। गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो।...
चोरले एक तोला सुन निलेपछि…
अपराध, समाचार, समाज

चोरले एक तोला सुन निलेपछि…

नेपालअखबार,पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका-१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम-२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो । तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स-रे ...
दम्पती हत्या आरोपमा दुईजना पक्राउ
अपराध, समाचार, समाज

दम्पती हत्या आरोपमा दुईजना पक्राउ

नेपालअखबार, पर्वत। पर्वतको  जलजला गाउँपालिका-२ मा  दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो। कृष्णलाई म्याग्दी र दिपकलाई कास्कीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए। 'उनीहरूले लुटपाटका लागि दम्पतीको हत्या गरेको देखिएको छ। बाँकी अनुसन्धान भइरहेको छ,' उनले भने। चैत १९ गते सोमबार राति  घरभित्रै ६८ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा मंगलबार बिहान ८ बजे शव फेला परेको थियो। प्रहरीका अनुसार  छोराले गरेको फोन नउठाएपछि छिमेकी उनीहरूको घरमा हेर्न गएका थिए।  ढोकामा ताला लगाएको देखेपछि उनका छोरा आफैँ आएर ढोका खोल्दा मृत अवस्थामा फेला परेका हुन्। घटनास्थल पुगेको प्रहरीले हत्या भएको आशंक...
बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ
अपराध, समाचार, समाज

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

नेपालअखबार, सिन्धुपाल्चोक। बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्। उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद ९ लाख ९० हजार रूपैयाँ जरिवाना तोकेको थियो। प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र ९ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो । प्रहरीको फरार सूचीमा रहेका तामाङलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले जानकारी दिए।...
१ करोड १० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ
अपराध, समाचार, समाज

१ करोड १० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालअखबार, काठमाडौं । १ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । श्रेष्ठले बैंकमा रकम जम्मा गरेको स्लिप दिँदै घरजग्गा आफ्नो नाममा पास गराएर ठगी गरेको आरोप लागेको छ । बैंकमै चेकमार्फत रकम जम्मा स्लिप देखाएर घरजग्गा पास गराउन लगाउने तर चेकमा पर्याप्त रकम नभएको भन्दै रकम जम्मा नहुने गरेको थियो । आफ्नो नाममा चेकमार्फत रकम जम्मा गरेको स्लिप देखाएपछि पीडितहरुले भने घरजग्गा पास गरिदिने गरेको पाइएको छ ।...
काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ
अपराध, समाचार

काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ

नेपालअखबार, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० बाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । टोखा स्थित सिर्जना टोलमा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले हरि श्रेष्ठको घरमा सञ्चालित जुवा खालबाट १ लाख १३ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३ बाँसबारी बस्ने मानबहादुर पुन, बुढानिलकण्ठ नगरपालिका बस्ने सागर लामा, गोकर्णेश्वर बस्ने नेमा लामा, बुढानिलकण्ठ बस्ने लोप्साङ तामाङ, टोखा–३ घर भएका पुष्पबहादुर खड्का, भक्तपुर बस्ने देन लामा र नागार्जुन घर भएका शरणबहादुर गुरुङ छन् ।  जुवा खालबाट प्रहरीले ४ बुक तास र १०९ थान क्वाइन बरामद गरेको छ ।...