नेपालीलाई म्यानमार पुर्याएर अवैध काममा लगाउँदै चिनियाँ
नेपालअखबार, काठमाडाैं। नेपालीलाई म्यानमारमा पुर्याएर अवैध काममा लगाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।
चीनको गान्सु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ४२ वर्षीय जोनसन भन्ने लियान जुन पक्राउ परेका हुन्।
नेपालीहरूलाई आकर्षक रोजगारी दिने भनेर लाओस, थाइल्यान्ड, म्यानमारलगायत देशमा पुर्याउने र अवैध अनलाइन स्क्यामिङमा जबरजस्ती काममा लगाउने गरेको भन्ने सूचना तथा गुनासो ब्युरोमा आएको थियो।
त्यसैबीच ब्युरोमा असार २६ गते एक जना पीडितले चिनियाँ नागरिकविरूद्ध जाहेरी दिइन्। जो म्यानमारबाट २०७९ भदौ ६ गते फर्किएकी थिइन्।
पीडित महिला नेपाल फर्किए पनि प्रहरीमा पुगेकी थिइनन्। तर चिनियाँ नागरिकले ह्वाट्सएपमार्फत् धम्क्याउने, दुर्व्यवहार गर्ने गरेका थिए।
...








