Sunday, May 31

अपराध

अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु
अपराध, विश्व, समाचार

अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा  गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ । बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।...
बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिनवुड पक्राउ
अपराध, विश्व, समाचार

बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिनवुड पक्राउ

नेपालअखबार,  एजेन्सि। म्यानचेस्टर युनाइटेडका फुटबलर मेसन ग्रिनवुड बलात्कारको प्रयास, नियन्त्रण गर्ने व्यवहार र कुटपिटको आरोपमा पक्राउ परेका छन् । अनलाइनमा फोटो र भिडियो पोष्ट भएपछि २१ वर्षीय फरवार्डलाई गत जनवरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि धरौटीमा रिहा भएका उनी त्यसको नियमहरु उल्लंघन गरेको आरोपमा शनिबार पुनः पक्राउ गरेका हुन् । सोही महिलाको उजुरीको सम्बन्धमा ग्रिनवुडलाई पक्राउ गरिएको अभियोजकले जानकारी दिएका छन् । ग्रिनवुडलाई म्यानचेस्टर एन्ड सालफोर्ड म्याजिस्ट्रेट कोर्टमा सोमबार प्रस्तुत गरिने बताइएको छ । इंग्ल्याण्डको सिनियर टोलीका लागि एक खेल खेलेका खेलाडीले पक्राउ परे यता म्यानचेस्टर युनाइटेडबाट खेल्ने वा प्रशिक्षण गरेका छैनन् । नाइकीले उनीसँगको प्रायोजन अन्त्य गरेको छ भने एलेक्ट्रोनिक आर्टस्ले फिफा २२ खेलबाट उनलाई हटाएको छ । बीबीसी...
घाँस काट्न निस्केकी महिलाको हत्या
अपराध, समाचार, समाज

घाँस काट्न निस्केकी महिलाको हत्या

नेपालअखबार, महाेत्तरी। महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ। उनको शव बाँसघारीमा फेला परेको थियो। फलामको पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरी सलले घाँटी कसेर उनको हत्या गरेको प्रहरीले जनाएको छ। खातुनको बलात्कार गरी हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ। यद्यपि पोस्टमर्टम रिपोर्ट आएपछि मात्र वास्तविकता खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए। हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ। घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी यादवको भनाइ छ। गत असोज ७ गते बिहान ११ बजे घाँस काट्न भनी अमना घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई निस्केकी थिइन्। साँझसम्म उनी घर नफर्केपछि छिमेकी तथा आफन्तले उनको खोज तलास सुरू गर्‍यो। नभेटेपछि स्थानीय प्रहरीलाई खबर गरियो। ...
बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ
अपराध, समाचार

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

नेपालअखबार, कञ्चनपुर। कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया  बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् । “बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारै जनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । रासस...
देहव्यापारको आरोपमा होटल सञ्चालकसहित पाँच जना पक्राउ
अपराध, समाचार

देहव्यापारको आरोपमा होटल सञ्चालकसहित पाँच जना पक्राउ

नेपालअखबार, राैतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरस्थित एक होटलमा देहव्यापार सञ्चालन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पक्राउ पर्नेमा होटलका सञ्चालक, एक जना ग्राहक र ३ जना यौन व्यवसायी महिला छन् । देहव्यापार भएको गुनासो आएपछि चन्द्रनिगाहपुरको पुल्चोकमा रहेको तनहुँ लाङघाली होटलमा पुगेको प्रहरी टोलीले होटलका सञ्चालक कुलबहादुर थापा सहित पाँच जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी सन्तु जैसवारले बताए । उनीहरुलाई केही दिनअघि नै पक्राउ गरिए पनि प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डीएसपी जैसवारले बताए ।...
नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ
अपराध, समाचार

नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ

नेपालअखबार, काठमाडाैं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको गोरखाका एसपी केदार खनालले  बताए । रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनलाई भदौ २५ मा पक्राउ गरिएको एसपी खनालले जानकारी दिए । अरोपीमाथि जबर्जस्ती करणी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
१६ वर्षपछि पक्राउ
अपराध, समाचार

१६ वर्षपछि पक्राउ

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए । प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाड...
नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड
अपराध, समाचार, हाइलाइट-समाचार

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

नेपालअखबार, भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् । आज बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार/पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । उनले भने, “घटना फरक प्रकृतिको रहेकाले छ, यसलाई हामीले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाइएको छ । घटनाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरीक्षण गरेको छ ।” उनले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको बताए । हतियारधारी समूह...
लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ
अपराध, समाचार

लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

नेपालअखबार,  लमजुङ। लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९  साल्मे बस्ने बर्ष २७ का यमबहादुर रानामगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७  दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ ।...
आशंका नै नगरिएको हाइलेबलको गिरोहलाई काठमाडौं प्रहरीद्वारा पक्राउ, नाइट क्लवका युवा युवतीहरू चकित
अपराध, समाचार

आशंका नै नगरिएको हाइलेबलको गिरोहलाई काठमाडौं प्रहरीद्वारा पक्राउ, नाइट क्लवका युवा युवतीहरू चकित

काठमाडौं । नेपाल प्रहरीले स्वदेशी र विदेशी महँगा रक्सीहरू केमिकल र मिसावट गरे नक्कली हर्कत गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले भदौ ७ गते काठमाडौंको कोटेश्वरस्थित इलाकाबाट बिभिन्न ब्राण्डका नक्कली रक्सीसहितको गिरोहलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । विशेष सूचनामार्फत तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरसमेतबाट बिशेष प्रहरी टोली परिचालन गरी अवैध हर्कत गर्ने व्यक्तिहरू पक्राउ गरेको हो । प्रहरीले हरि वली भन्ने ब्यक्तिको संलग्नता पाइएकोले उनको डेराबाट बिभिन्न ब्राण्डका मदिराहरू ४ कार्टुन सिल प्याक गरिएको अवस्थामा फेला पारी बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । हरि वलीसँग थप सोधपुछ लगायतको अनुसन्धान कार्य शुरु गरिएकोमा उक्त मदिरा उत्पादन, ओसार पसार, भण्डारण तथा बिक्री बितरण गर्ने कार्यमा संलग्न अन्य ३ जना व्यक्तिहरूको पहिचान खुल्न आएकोले निजहरूलाई ...