श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
नेपालअखबार दाङ। दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्।
चिकित्सकले शुक्रबार बिहान ८ बजेको समय दिएको थियो। बिहान फेरि अस्पताल नै जानुपर्ने भएकाले उनीहरू घर फर्किएनन्।
उनीहरू घोराही-१५ स्थित निरूको फुपुको घरमा गएका थिए।
बिहीबार बेलुकी खाना खाएपछि उनीहरू सुत्न गएका थिए। श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेका थिए।
तर बिहान उनीहरू दुबै जना मृत फेला परेका हुन्। निरू एउटा कोठामा मृत फेला परेको र अर्को को...






