Wednesday, July 29

अपराध

६ महिने छोरीको हत्‍या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई पक्राउ
अपराध, समाचार

६ महिने छोरीको हत्‍या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई पक्राउ

नेपालअखबार, स्याङ्जा। स्याङ्जामा छ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँकी २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। लक्ष्मीले आफ्नै छ महिने छोरीलाई हत्या गरी फालेको आरोप छ। लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन्। साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन्। उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए। पछि लक्ष्मीले केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्रहरीले पायो। सोही सूचनाको आधारमा खोजी थालेको थियो। खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा फेला पर...
श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी
अपराध, समाचार

श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी

नेपालअखार, रुपन्देही। रुपन्देहीमा बैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पति विरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्। सो अत्याचारबारे परिवारजन र आफन्तलाई जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् । उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ । आफ्नै पत्नी...
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या
अपराध, समाचार

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

नेपालअखबार,बुटवल । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर रूपन्देहीका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन्। अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो। पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो। हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने कुलचन्द्रलाई प्रहरीले पक्राउ गरेको छ। गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहिया...
भाइको रकम लुटेको नाटक रच्ने दाजु पक्राउ
अपराध, समाचार

भाइको रकम लुटेको नाटक रच्ने दाजु पक्राउ

नेपालअखबार, महोत्तरी। आफ्नै सहोदर भाइको रकम लिन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्। रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्। ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ। उनी अहिले प्रहरी हिरासतमा छन्। गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेका प्रहरीलाई बताएका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो। ‘लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ’, इलाका प्रहर...
महोत्तरीमा छुरा प्रहार गरी पाँच लाख लुटियो
अपराध, समाचार

महोत्तरीमा छुरा प्रहार गरी पाँच लाख लुटियो

नेपालअखबार, महोत्तरी । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हो। आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र २–०२–००४प ३३४७ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो। अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर सो समूह भागेको थियो। छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ। रासस...
हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई प्रक्राउ
अपराध, समाचार

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई प्रक्राउ

नेपालअखबार, दाङ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् । साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार प्रहरी असई चौलागाइले शुक्रबार बिहान २ बजेरित प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनम...
श्रीमानको कुटाइले अछाममा श्रीमतीको मृत्यु
अपराध, समाचार

श्रीमानको कुटाइले अछाममा श्रीमतीको मृत्यु

नेपालअखबार। अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला दोम्सीगाडाका ४० वर्षीया मान्मा बिकको श्रीमानको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। ४८ वर्षीय पहेलु कामीले गए राति कुटपिट गर्दा उनको मृत्यु भएको हो। श्रीमतीलाई कुटपिट गरेर पहेलु भागेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
बञ्चरो प्रहारबाट बुवाको हत्या
अपराध, समाचार

बञ्चरो प्रहारबाट बुवाको हत्या

नेपालअखबार, बैतडी । बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।  उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।” बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।  रासस...
बलात्कार आरोप लागेका वडाध्यक्ष पुर्पक्षका लागि थुनामा
अपराध, समाचार

बलात्कार आरोप लागेका वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

नेपालअखबार, बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो । दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो ।पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।...
नयाँ बसपार्कस्थित गेष्ट हाउसमा १८ वर्षीया किशोरी बलात्कृत
अपराध, समाचार

नयाँ बसपार्कस्थित गेष्ट हाउसमा १८ वर्षीया किशोरी बलात्कृत

नेपालअखबार, काठमाडाै । काठमाडौंमा एकजना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...