नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलबाट मौद्रिक नीति तय गर्छौँ : गभर्नर पौडेल
नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिक लगायत नीति तय गरिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैङ्कमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैङ्कका निर्णयहरू पूर्वानुमानयोग्य हुने बताएका हुन् ।
महासङ्घसँगको भेटमा भने, ‘निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानुमानयोग्य हुनु पर्दछ । बैङ्किङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो ।’
गभर्नर पौडेलले राष्ट्र बैङ्कले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए । नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासङ्घका अध्यक्ष चन्द्र प्र...







