Friday, July 31

अर्थ

आज सुनको मूल्य सामान्य घट्यो
अर्थ, समाचार

आज सुनको मूल्य सामान्य घट्यो

नेपालअखबार,काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।...
सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी
अर्थ, प्रशासन, समाचार

सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी

नेपालअखबार,काठमाडौँ । कर्मचारी सञ्चय कोषले  ३८ जना कर्मचारी नियुक्त गर्न  दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो। प्रबन्धक  एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो। हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन्।  ...
नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
अर्थ, समाचार, समाज

नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नेपालअखबार,नवलपुर।  चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ। नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा  ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ। गैंडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ। यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन्। निर्माण पूरा भएका पुलमा लिंकरोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए। विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ। केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन्। सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइ...
हालसम्मकै उच्च सुनको भाउ
अर्थ, समाचार

हालसम्मकै उच्च सुनको भाउ

नेपालअखबार,काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा अरु मुलुक पनि सशंकित भएका छन् ।उनको हर्कतकै कारण विभिन्न मुलुक तथा लगानीकर्ता सुनको लगानीप्रति आकर्षित भएसँगै मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।...
नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च
अर्थ, समाचार

नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन । यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।...
सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य
अर्थ, कृषि, प्रशासन, समाचार

सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

नेपालअखबार,काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै ...
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
अर्थ, कृषि, समाचार, समाज

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

नेपालअखबार,सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आउएका छन् । विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका छन् । सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा  तीन जना कार्यरत छन् । उनले भने, “अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छ...
सुनको भाउ घट्यो
अर्थ, समाचार

सुनको भाउ घट्यो

नेपालअखबार,काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
साउदी र मलेसियामा ८ वर्ष काम गरेर फर्किएपछि मौरीपालन गरिरहेका मनराज
अर्थ, कृषि, समाचार, समाज

साउदी र मलेसियामा ८ वर्ष काम गरेर फर्किएपछि मौरीपालन गरिरहेका मनराज

नेपालअखबार, सुनसरी। करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउँछन्। इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन्। उनले सानो लगानीबाट  पशुपालन र मौरीपालनमा गरेका थिए। अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनी बताउँछन्। आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने,  ‘विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गरौं भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरें।’ गाईबाख्राबाट व्यवसाय सुरू  गरेका उनले पछिल्लो समय मौरीपालन सुरू गरेका छन्। अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछन्। ‘यो व्यवसायले आफू आत्मनिर्भर...
सुन तोलामा ३ सय बढ्यो
अर्थ, समाचार

सुन तोलामा ३ सय बढ्यो

नेपालअखबार,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो ।त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपैयाँ कायम भएको छ ।