Wednesday, September 9

अर्थ

सुन र चाँदीको मूल्य सामान्य घट्यो
अर्थ, समाचार

सुन र चाँदीको मूल्य सामान्य घट्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दररेट अनुसार आज सुन र चाँदीको भाउ अघिल्लो दिनको तुलनामा घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले कमी आएको छ। यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६६ हजार ७२० रुपैयाँ तोकिएको छ। यसैगरी चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ३७० रुपैयाँ रहेको थियो । जसको तुलनामा आज प्रतितोला ८५ रुपैयाँले मूल्य घटेको हो। १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ५३१ रुपैयाँ कायम भएको मह...
प्रतिनिधि सभामा आजबाट बजेटमाथि छलफल
अर्थ, राजनीति, समाचार

प्रतिनिधि सभामा आजबाट बजेटमाथि छलफल

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजबाट छलफल सुरु हुँदै छ । यही जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरुले छलफलमा भाग लिने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।...
आज एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ
अर्थ, समाचार

आज एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन-चाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। भाउ बढेसँगै यसको मूल्य ३ लाख ११ हजार १०० पुगेको छ। सरकारले भन्सार दर दोब्बरले बढाएर २० प्रतिशत पुर्‍याएको छ। सरकारले दुई प्रतिशतको विलासिता कर हटाए पनि  ०.५ प्रतिशत सिप अभिवृद्धि महशुल लगाएको छ। यही कारण पनि सूनको भाउ उच्चले बढेको हो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो द...
सुनको मूल्य बढ्यो
अर्थ, समाचार

सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौं । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो । त्यस्तै गत सोमबार सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ केही घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।...
सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन
अर्थ, समाचार, समाज

सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन

नेपालअखबार,काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् । मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए । आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे । स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरूको बिक्री...
सुन तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो
अर्थ, समाचार

सुन तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।...
सुनचाँदीको भाउ घट्यो
अर्थ, समाचार

सुनचाँदीको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ थियो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत बुधबार चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।...
वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो
अर्थ, समाचार

वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

नेपालअखबार,पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्य पर्ने एक सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा रु ८० करोड ५७ लाखका मूल्यका हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो । च...
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
अर्थ, समाचार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोकै दरमा कायम भएको छहो ।  तर चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको महासंघको भनाइ छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ। यता, हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।...
इरानले २० वटा पाकिस्तानी जहाजलाई हर्मुज प्रयोग गर्न दिने!
अर्थ, विश्व, समाचार

इरानले २० वटा पाकिस्तानी जहाजलाई हर्मुज प्रयोग गर्न दिने!

नेपालअखबार, काठमाडौं ।  इरानले थप २० वटा पाकिस्तानी झण्डा बाहक जहाजलाई ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गर्न दिने भएको छ। पाकिस्तानी विदेश मन्त्री इसाक दारले सामाजिक संजाल एक्समा शनिबार राति पोस्ट गर्दै २० वटा पाकिस्तानी जहाजलाई हर्मुज प्रयोग गर्न दिन इरान सरकार सहमत भएको जानकारी दिएका छन्। उनका अनुसार हरेक दिन दुई वटा पाकिस्तानी जहाजले हर्मुज पार गर्ने छन्। इरानले तेल र ग्यास बोक्ने चीन र भारतका केही जहाजलाई पनि हर्मुजको प्रयोग गर्न दिइरहेको छ। इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ। युद्ध अन्त्य गर्न अमेरिका र इर...