Saturday, June 13

अर्थ

विश्वभर हनुमानले कमायो ३०० करोड
अर्थ, चलचित्र, समाचार

विश्वभर हनुमानले कमायो ३०० करोड

नेपालअखबार, नयाँ दिल्ली । प्रशान्त वर्माको निर्देशन र तेजा सज्जाको शीर्ष भूमिका रहेको ‘हनुमान’ ले बक्स अफिसमा बवाल कमाइ गरिरहेको छ । जनवरी १२ मा रिलिज भएको यो कम बजेटको फिल्मले दर्शकबाट निकै माया पाइरहेको छ । ‘मेरी क्रिसमस’, ‘गुंटुर करम’ र ‘फाइटर’ जस्ता फिल्मका अगाडि पनि यो फिल्मको जादू कम भएन । फिल्मले भारतमा मात्रै नभई विदेशमा समेत दर्शकको माया पाइरहेको छ । मेकरहरूले खासै आशा नगरेको यस फिल्मले रिलिज भएको यत्तिका दिन बित्दा पनि राम्रो कमाई गरिरहेको छ । २० करोड भारुमा बनेको यस फिल्मले बजेटको १५ गुणा कमाएको छ । विश्वव्यापी कमाईको हिसाबले ‘हनुमान’ ३ सय करोड क्लबमा सामेल भएको छ । तेजा सज्जा आफैंले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै यसको जानकारी दिएकी थिए । उनले फिल्मको पोस्टर सेयर गर्दै २५ दिनमै ‘हनुमान’ को विश्वव्यापी कलेक्सन ३ सय करोड पुगेको बताए । यो पोस्टसँगै उनले विशेष क्याप्सन लेखे...
राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
अर्थ, प्रशासन, समाचार

राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

नेपालअखबार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ २३ गते जारी गर्ने गरी केन्द्रीय बैंकले १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । तथापि, मङ्गलवार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकको सूचनाअनुसार १८२ दिने ट्रेजरीका लागि ७ अर्ब रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ नवीकरण हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार अर्थात् माघ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ २३ गते मङ्गलवार हुनेछ । केन्द्रीय बैंकले यसअघि माघ १५ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।...
अमेरिकी सरकारले बढायो भिसा शुल्क
अर्थ, विश्व, समाचार

अमेरिकी सरकारले बढायो भिसा शुल्क

नेपालअखबार, वाशिङटन डिसी । अमेरिकाले भिसा शुल्क वृद्धिबारे ठुलो निर्णय गरेको छ । अमेरिकी सरकारले एच–वन बी, एल–वन र इवी –५ लगायत नन–इमिग्रेन्ट भिसाको शुल्क बढाएको छ । शुल्क वृद्धि सन् २०२४ को अप्रिलदेखि लागू हुनेछ । हाल ४६०  डलर रहेको एच–वन बी भिसाको शुल्क बढाएर ७८० डलर पुर्‍याइएको छ । यो भिसाको दर्ता पनि आगामी वर्षदेखि १० डलरबाट बढेर २१५ डलर पुग्नेछ । एल–वन भिसाको शुल्क ४६० डलरबाट बढेर १ हजार ३८५ डलरमा पुगेको छ । इवी –५ भिसाको शुल्क भने ३ हजार ६७५ डलरबाट बढेर ११ हजार १६० डलर कायम गरिएको छ । एच–वन बी भिसा गैर आप्रवासी भिसा हो । यो भिसा प्रायः अमेरिकी कम्पनीमा काम गर्नेहरू विदेशीलाई दिने गरिन्छ । अमेरिकामा अभाव भएका सीपयुक्त विदेशीहरूलाई काममा लगाउन घरेलु कम्पनीहरूलाई सहज होस् भनेर यो भिसा ल्याइएको हो । यो भिसाको वैधता ६ वर्ष मात्रै हुन्छ । इवी–५ भिसा भने विदेशी आप्रवासीहरूलाई अमेरि...
डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो
अर्थ, समाचार

डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू भएकाे हाे ।...
७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सकियो
अर्थ, समाचार

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सकियो

नेपालअखबार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिउ । ‘टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन अनुुरोध गरेका छौं,’ उनले भने । बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहवरमा परीक्षणको तयारी गरिएको हो । छोटेपामा निर्माण भएको डिसेन्डर (ब...
डिजेल आयात १८ प्रतिशतले घट्यो
अर्थ, समाचार

डिजेल आयात १८ प्रतिशतले घट्यो

नेपालअखबार, काठमाडौँ । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिए । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उनको भनाइ छ । सामान्य अवस्थामा एक लाख ४० हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा हाल घटेर मासिक ९४ हजार ४०५ किलोलिटरमा झरेको छ । यस्तै पेट्रोलको खपत भने दुई प्रतिशतले बढेर तीन लाख १५ हजार ५६ किलोलिटर पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।...
स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह
अर्थ, समाचार, समाज

स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपालअखबार, काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरूको समस्या एवं समाधानका विषयमा छलफल गरेको छ । नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्धय मुकुन्दप्रसाद निरौला, नारायणप्रसाद शर्मा दुवाडी लगायतको उपस्थितिमा बिहीबार राजधानीमा आयोजित स्वदेशी मिट एन्ड ग्रीटमा स्वदेशी उद्योगहरूको प्रवर्द्धनका लागि लिइनुपर्ने नीतिगत विषयहरूमा छलफल गरेको हो । कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कार्यहरूका विषयमा जानकारी समेत गराइएको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने लगायतका गतिविधिहरू सञ्चालन गरिरहेको बताए । स्वदेशी...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो
अर्थ, समाचार, समाज

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।...
वैदेशिक लगानी प्रोत्साहन गर्न आईपीआरको आवश्यकतामाथि भारतको जोड
अर्थ, समाचार

वैदेशिक लगानी प्रोत्साहन गर्न आईपीआरको आवश्यकतामाथि भारतको जोड

नेपालअखबार, काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति  (आइजीएससी) को पछिल्लो बैठक सम्पन्न भएको छ । बैठक पुस २७ देखि २८ गतेसम्म काठमाडौँमा बसेको थियो । काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरेका थिए भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए । व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित  द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्त्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेको थियो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका थिए । भारतीय पक्षले वैदेशिक ल...
ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी
अर्थ, प्रशासन, समाचार

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी

नेपालअखबार, काठमाडौं  । उद्योग,  वाणिज्य  तथा  आपूर्तिमन्त्री  रमेश  रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई  समयसापेक्ष  पूर्वाधार  विकास  गर्न  प्रतिबद्ध  रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत्  जस्ता  समस्यामा  पनि  निगमले  सामाजिक  उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराएको बताएका हुन् । निगमले  पछिल्लो  समयमा  करिब  ५०  अर्ब  ऋण  चुक्ता  गरी  नाफा  आर्जन  गर्न  सफल  भएको  भन्दै  मन्त्री  रिजालले  विस्तारै  परम्परागत  कामभन्दा  समय  सुहाउँदो  नवप्रवर्धनका  काममा  लाग्नुुपर्ने बताए । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको मन्त्री रिजालले जानकारी दिए । “भविष्यमा  पेट्रोलियम  पदार्थमाथिको  निर्भरतालाई  केही  हदसम...