एक बोतल ह्विस्कीको मूल्य ३६ करोड
नेपालअखबार, लन्डन । लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपैयाँमा विक्री भयो । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा पुरानो ह्विस्की हो । ह्विस्कीले अपेक्षा गरिएको भन्दा दोब्बर मूल्य पायो ।
यो लिलामीमा सदबीले म्याकलानको सो बोतल ९ लाख ३४ हजार डलरदेखि १४ लाख डलरसम्म बिक्ने आशा गरेको थियो । तर लिलाम बढाबढमा सो बोतलको मूल्य बढेर २७ लाख २४ हजार ९६७ डलरसम्म पुग्यो । लिलामीमा कुनै पनि स्पिरिट वा वाइनको बोतलले यति धेरै मूल्य पाएको यो पहिलो पटक थियो ।
लिलामी अघि सदबीजका ह्विस्की जोनी फाउलका प्रमुखले एक थोपा ह्विस्की चाखेका थिए । चाखेपछि उनले ह्विस्कीलाई अतुलनीय भन्दै यसलाई हल्कामा लिन नहुने बताएका थिए । ६० वर्षसम्म शेरी काष्कमा राखेर सन् १९८६...










