महँगोमा धान खरिद, ५० प्रतिशत सस्तोमा लङ रेन्च चामल बिक्री
नेपालअखबार, विराटनगर । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानीमा बेलबारी ९ मा स्थापना भएको आरजु राइस मिलले धान खेतीमा ‘क्रान्ति’ ल्याएको छ । मिलको प्रत्यक्ष निगरानी र सहयोगमा झापा, मोरङ र सुनसरीका ३ हजार किसानले राम धान लगाएका छन् ।
उक्त धानबाली लगाएसँगै उत्पादनमा वृद्धि भएको छ । यसअघि मुस्किलले प्रतिकट्टा ४ मन धान फल्ने खेतमा उक्त धान ७ मनसम्म फलिरहेको छ ।
जसका कारण यसभेगको किसानले दुई बाली हिउँदे र वर्षे धान लगाइरहेका छन् भने किसानको आम्दानी दुई गुणाले बढेको छ । आरजु राइस मिल किसानकै बीचमा गएर स्थापना गरिएको छ । यसले गर्दा किसानले बजारको लागि बिचौलियाको गोलचक्करमा फस्नु परेको छैन ।
आरजु राईस मिलले धान उत्पादनमा किसानलाई सहयोग पनि गरिरहेको छ । सँगसँगै सरकारले तोकेको न्यूनतम समर्थन मूल्य भन्दा बढी मूल्यमा धान खरिद गरिदिएको छ । त्यो पनि किसानको खेतमै ...










