नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै
नेपाल अखबार, एजेन्सि । नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो ।
भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् ।
स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन् ।
करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन् । अप्रिल यता नेपाली मजदूर स्याउ बगानमा फर्किएका छैनन् ।
सुरुमा कोरोना महामारी र लकडाउनले उनीहरु बगानमा पुग्न सकेका थिएनन् भने अहिले भारत–नेपाल सम्बन्ध बिग्रिएका कारण उनीहरु बगानमा फर्कने अनिश्चित बनेको हो...
