Thursday, March 12

अर्थतन्त्र

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन
अर्थतन्त्र, प्रशासन, समाचार

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

नेपालअखबार,वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो । त्यस्तै, कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले माघमा मात्र रु २१ अर्ब २९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १८ अर्ब ९० करो...
९६.७ प्रतिशत घरमा पुग्यो बिजुली
अर्थतन्त्र, कर्पोरेट, समाचार

९६.७ प्रतिशत घरमा पुग्यो बिजुली

नेपालअखबार, काठमाडौँ । नेपालको ९६.७ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको 'चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२'ले देशभर विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखाएको हो। सर्वेक्षणले ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको देखाएको हो। बिजुलीको ठूलो हिस्सा राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएको छ भने केही दुर्गम क्षेत्रमा लघु जलविद्युत वा सोलार लगायत प्रयोग भइरहेको छ। बिजुलीमा पहुँच बढेको देखिए पनि धेरैले उज्यालोका लागि प्रयोग गर्ने गरेको देखिन्छ। खाना पकाउनका लागि यसको प्रयोग अझै कम छ।...
६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजश्व संकलन
अर्थतन्त्र, समाचार

६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजश्व संकलन

नेपालअखबार,काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सोअनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिव १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ । अर्थ मन्त्रालयका अनुसार पुस महिना मात्रैको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९.९६ प्रतिशत रहेको छ । त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थ...
सयभन्दा साना भारु जति पनि नेपाल ल्याउन पाइने
अर्थतन्त्र, समाचार, समाज

सयभन्दा साना भारु जति पनि नेपाल ल्याउन पाइने

नेपालअखबार, काठमडौं । नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सानामात्र नभई २ सय र ५ सय दरका भारु पनि तोकिएको सीमाभित्र रहेर ल्याउन र लैजान सक्ने वयवस्था गरेको हो । सरकारले ठूला दरका भारु पनि नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेसँगै त्यसलाई औपचारिकताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो । त्यसभन्दा भारतले नेपाली नागरिकले २५ हजारसम्मका ठूला दरका नोट ल्याउन लैजान सक्ने व्यवस्था गरेसँगै नेपालले पनि ल्याउन सक्ने व्यवस्था गरेको हो । नेपाली र भारतीयले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का, करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था राजपत्रमा उल्लेख छ । तर, भारतीय रुपैयाँ १ सयभन्दा ठूला दरका नोट र न...
आज सुनको मूल्य सामान्य वृद्धि
अर्थतन्त्र, समाचार

आज सुनको मूल्य सामान्य वृद्धि

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । तर, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार रु ५ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको हो ।...
तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो
अर्थतन्त्र, समाचार

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

नेपालअखबार,तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पुरा भएको छ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको...
चीनबाट ६५ अर्बको सामान आयात
अर्थतन्त्र, प्रशासन, समाचार

चीनबाट ६५ अर्बको सामान आयात

नेपालअखबार, रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेका छन् । आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए । गत आवमा कम परिमाण देखाउने व्यापारीबाट रु ६१ करोड ६० लाख जरिवाना गरिएको...
मौद्रिक नीति सार्वजनिक
अर्थतन्त्र, समाचार

मौद्रिक नीति सार्वजनिक

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ ।  ...
सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
अर्थतन्त्र, विदेश, समाचार

सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

नेपालअखबार , सोल । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको कारखानाका ३० हजार कर्मचारीहरू अनिश्चितकालीन हडताल गरेका छन् । मंगलबारदेखि तलब र अन्य सुविधाको माग गर्दै कर्मचारी संगठनले हड्तालको घोषणा  गरेको हो । तीनदिने आम हडतालको अन्तिम दिन नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ । युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ ।’ एनएसईयूले दक्षिण कोरियामा सैमसंग इलेक्ट्रोनिक्समा कार्यरत एक चौथाई कामदारहरूको प्रतिनिधित्व गर्दछ । हडतालले उत्पादन अवरुद्ध भएको युनियनले बताएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको छ । गत महिना य...
कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण?
अर्थतन्त्र, समाचार

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण?

नेपालअखबार, संखुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ। भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ। आयोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुनेछ। जसबापत नेपालले २१.९ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ। बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ।  विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ। हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ। आयोजनाको ११.८  किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल...