Friday, July 31

कृषि

बर्खा लाग्न आँटेपछि सरकारले सुरू गर्‍यो काभ्रेमा बाढी–पहिराले पुर्‍याएको क्षतिको आकलन
कृषि, समाचार, समाज

बर्खा लाग्न आँटेपछि सरकारले सुरू गर्‍यो काभ्रेमा बाढी–पहिराले पुर्‍याएको क्षतिको आकलन

नेपालअखबार,काठमाडौं । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्‍यायो। घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरू गरेको छ। गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन्। उनले उक्त पालिकाको वडा नं २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको सुरुआत गरेका हुन्। त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे। उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिए। पीडितलाई निस्सा प्रदान गर्नुअ...
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न
कृषि, समाचार, समाज

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न

नेपालअखबार,दाङ । वैदेशिक रोजगारबाट फर्किएका दाङका  युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तुष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतीत गरे । किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुरु गरेको बताउँछन्। उनले भने, “वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु १० लाख आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औ...
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
अर्थ, कृषि, समाचार, समाज

किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण

नेपालअखबार,तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो । साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गरे । किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताए । अनुदान तथा सहुलियतमुखी कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ । यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रमअनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी...
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
कृषि, समाचार, समाज

चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर

नेपालअखबार,पोखरा। पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । चैते धान खेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी रु ५ सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । महानगरपालिकाअन्तर्गत वडा नम्बर २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धान खेती गर्दै आएका छन् ।...
अनुदान पाएपछि व्यावसायिक स्याउखेतीमा जुटे भोजपुरका किसान
अर्थ, कृषि, समाचार

अनुदान पाएपछि व्यावसायिक स्याउखेतीमा जुटे भोजपुरका किसान

नेपालअखबार,भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताए । वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवद्र्धन थालिएको उनले जानकारी दिए । स्याउखेतीका निम्ति  भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए । किसानलाई एक हजार ८०० बिरुवा वितरण गरिएको छ । “यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । अन्य ठाउँमा सुन्तला, कागतीलगायत फलफूलखेती प्रोत्साह...
गुल्मीमा ३१९ हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती
कृषि, समाचार, समाज

गुल्मीमा ३१९ हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती

नेपालअखबार,गुल्मी । गुल्मी जिल्लाका कृषकहरु चैत धान रोप्न सुरु गरेका छन् । चैतको पहिलो साताबाट सुरु गरेर चैतको अत्यसम्म धान रोप्ने गरिन्छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुनः फेरि बर्खे धान रोप्ने गरिन्छ । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बर्सेनि चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । विभिन्न कारणले मानिसहरु बसाइँसराइ गर्नाले उत्पादन गर्ने जनशक्ति नहुँदा खेतीगर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको कृषि ज्ञनकेन्द्र गुल्मीका नरेश धित्तालले बताए । अर्को पछिल्ला केही वर्ष यता हिउँदमा वर्षात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको छ । गत आर्थिक वर्ष ०८०/०८१ मा ३१९ हेक्टर क्षेत्रफलमा एक हजार २८६ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ३५२ हेक्टर क्षेत्रफला धान खेती भएको पाइएको छ । त्यस्तै ०७८/०७९ मा ३५० हेक्ट...
गुल्मीमा बर्सेनि गहुँ खेतीको उत्पादन घट्दै
कृषि, समाचार, समाज

गुल्मीमा बर्सेनि गहुँ खेतीको उत्पादन घट्दै

नेपालअखबार,गुल्मी । गुल्मी जिल्लामा गहुँ उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गहुँ खेती गर्ने कृषकको संख्या घट्दै जाँदा उत्पादन पनि घट्न थालेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ६३७० हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा १९ हजार ५ मेट्रिक टन उत्पादन भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७९/०८० मा ६४८० हेक्टर क्षेत्रफलमा १९ हजार ३७५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञानेकन्द्र गुल्मीका कृषिप्रसादर अधिकृत शिवप्रसाद बञ्जाडेले बताए । बर्सेनि गहुँ उत्पादन गर्ने क्षेत्रफल घटदै गएको छ । यस वर्ष पनि गहुँ भित्र्याउने समय सुरु हुन लावगेको छ । यस वर्ष पनि हिउँदको समयमा पानी नपरेकाले उत्पादन घट्ने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ । जिल्लामा विशेष गरी जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौरलगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ । गहुँ उ...
च्याउको मूल्य घट्यो
कृषि, समाचार, समाज

च्याउको मूल्य घट्यो

नेपालअखबार,काठमाडौं ।बजारमा डल्ले च्याउको मूल्य घटेको छ। उत्पादन बढी भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्। अहिले बजारमा च्याउ डल्ले, कन्य, राजा र सिताके गरी चार प्रकारका च्याउ पाइन्छन्। च्याउको प्रकार अनुसार मूल्य फरक हुन्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बुधबारको तथ्यांक हेर्दा एक साताको तुलनामा डल्ले च्याउको मूल्य बढेको छ भने कन्य च्याउको मूल्य घटेको छ। बुधबार कालीमाटीमा डल्ले च्याउ प्रतिथोक मूल्य दुई सय ७० देखि तीन सय २०, कन्य च्याउ एक सय २० देखि एक सय ४० रूपैयाँमा कारोबार भएको छ। एक साता अघि कन्य च्याउ प्रतिकिलो थोक मूल्य न्यूनतम एक सयदेखि अधिकतम एक सय २० रूपैयाँ र डल्ले च्याउ तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो। अहिले बजारमा डल्ले च्याउको उत्पादन बढी भएकाले च्याउको मूल्य घटेको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए...
सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य
अर्थ, कृषि, प्रशासन, समाचार

सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

नेपालअखबार,काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै ...
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
अर्थ, कृषि, समाचार, समाज

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

नेपालअखबार,सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आउएका छन् । विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका छन् । सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा  तीन जना कार्यरत छन् । उनले भने, “अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छ...