मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो
नेपालअखबार, काठमाडौं । नेपाली किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन् ।
भक्तपुर गुण्डुका किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको बताए ।
पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुन्छ,’ उनले भने ।
गुण्डुकै किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको उचित मूल्य नपाएको बताइन् ।
२० वर्षदेखि मखमलीको खेती गर्दै आएको बताउने थापाले भनिन्, ‘मूल्य नै नभएकाले मालामा खासै नाफा कमाउन सकिएन ।’
उनले मालाको मूल्य निर्धारण गरिदिन सरकारसँग माग पनि गरिन् । सरकारले दशैंमा खसी बोकाको भाउ निर्धार...









