Wednesday, July 29

कृषि

जनप्रतिनिधिको व्यावसायिक स्याउखेती
अर्थ, कृषि, समाचार

जनप्रतिनिधिको व्यावसायिक स्याउखेती

नेपालअखबार,बागलुङ । छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए ।  रोकाको हाल १४० बोट  छन् जसले  फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ”स्याउखेतीका निम्ति उनले रु एक लाख ५० हजार लगानी गरेको बताए । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए। कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने ...
कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने
कृषि, शिक्षा, समाचार

कृषि विश्वविद्यालयले आफ्ना विद्यार्थीका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने

नेपालअखबार,चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थीका व्यवसायिक योजनामा लगानी गर्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशील बनाउने उद्देश्यले उनीहरुबाट प्रस्तावित व्यवसायिक योजनामा लगानी गर्ने भएको हो । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विद्यार्थीहरूबाट २०८२ असोज ५ गतेभित्र व्यवसायिक कार्ययोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईका अनुसार विश्वविद्यालयले ‘एएफयू व्यवसाय इन्क्युबेसन समर्थन कार्यक्रम’को नाममा विद्यार्थीहरुका व्यवसायिक योजनामा ५ लाखसम्म लगानी गर्ने जानकारी दिए । ‘विद्यार्थीहरूबाट आउने व्यवसायिक योजनाहरू हेरेर प्रतिव्यवसाय ५ लाख रुपैयाँ लगानी गर्छौं,’ निर्देशक प्रा.डा.भट्टराईले भने, ‘कृषि संकाय, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य संकाय र वन संकायमा स्न...
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कृषि, समाचार

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

नेपालअखबार, चितवन । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो । उनका अनुसार ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको हो । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । उनले भने “प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।” यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता ल...
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
अर्थ, कृषि, समाचार

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

नेपालअखबार,म्याग्दी । दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । ‘न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो’, उनले भने, ‘सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।’ परम्परागत राडी, पाखी, काम्लो, हरदुुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् । असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जङ्गलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताए । ‘ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले ...
हावाहुरीले मकैबालीमा क्षतिहुँदा भोजपुर किसान चिन्तित
कृषि, समाचार, समाज

हावाहुरीले मकैबालीमा क्षतिहुँदा भोजपुर किसान चिन्तित

नेपालअखबार, भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताए । फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पुर्‍याउँदै आएको कृषकहरुको उनको भनाइ छ । ‘रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्‍यो’, उनले भने, ‘मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ।’ दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको छ । भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन ग...
पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ
कृषि, समाचार, समाज

पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ

नेपालअखबार,जनकपुरधाम । पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । पानी परेपछि देशको प्रदेशका आठवटै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको निर्देशनालय वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताउनुभयो । उहाँका अनुसार बारा र पर्सामा धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा धान रोपाइँ धमाधम भइरहेको छ । लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत  खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर...
मलेसियामा कम्पनीले धोका दियो, फर्केर बाख्रा पालन थालेपछि मिल्यो सफलता
कृषि, समाचार, समाज

मलेसियामा कम्पनीले धोका दियो, फर्केर बाख्रा पालन थालेपछि मिल्यो सफलता

नेपालअखबार,म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्। रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गरेका थिए। 'विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिए, बाख्राले जुम्ल्याह पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा रु दुई लाखमा खरिद गरेर बाख्र पालनलाई व्यावसायिक बनाएको हुँ,' फगामीले भने। उनी अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बनेका छन्। उनले विगत ६ वर्षदेखि बाख्र पालनलाई व्यवस्थित र व्यावसायिक बनाएका हुन्। फगामीले सञ्चालन गरे...
अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता
कृषि, समाचार, समाज

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

नेपालअखबार,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् । ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौँतारिरहेका छन् । शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ । बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुर्सानीको व्यावसायिक खेती भएको छ । “गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर रु ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु”, उनले भने, “स्थानीय बजार सानो छ । खपत...
एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी
अर्थ, कृषि, समाचार, समाज

एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

नेपालअखबार, झापा ।  विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभएको हो । उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ ख...
एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ
अर्थ, कृषि, समाचार, समाज

एकै वर्षमा बेचे ४७ लाखको केरा, भन्छन्- स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ

नेपालअखबार,कैलाली । टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख मुनाफा कमाएका छन् । उनले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गरेका थिए । जसमा १५ लाख रुपैयाँ मुनाफा कमाएको उनको भनाइ छ । ‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’ धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् । चौध वर्षदेखि केराखेतीमा संलग्न उनले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ । ‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन ग...