फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
नेपालअखबार, मुम्बई । दक्षिण भारतीय फिल्म ‘पेड्डी’ लाई लिएर चलिरहेको विवादका बिच अभिनेत्री जाह्नवी कपुरको एउटा कथित व्यक्तिगत कुराकानी सामाजिक सञ्जालमा लिक भएको छ।
जाह्नवीका फ्यान क्लबहरूले सेयर गरेका यी स्क्रिनसटहरूमा अभिनेत्रीले फिल्मको सुटिङका क्रममा केही आपत्तिजनक क्यामेरा एङ्गललाई लिएर चिन्ता व्यक्त गरेको दाबी गरिएको छ।
यो च्याट फिल्मका निर्देशक बुच्ची बाबु सनाले माफी मागेको भोलिपल्ट सार्वजनिक भएको हो। लिक भएको च्याट अनुसार फिल्मका मुख्य अभिनेता राम चरणले पनि यस मामिलामा जाह्नवीलाई पूर्ण साथ दिँदै निर्देशकलाई हप्काएका थिए। यद्यपि, यस विषयमा जाह्नवी कपुर वा उनको आधिकारिक टोलीले अहिलेसम्म यी सन्देशहरूको पुष्टि भने गरेको छैन।
फिल्म ‘पेड्डी’ मा जाह्नवी कपुरले निर्वाह गरेको ‘अचियम्मा’ चरित्रलाई पर्दामा देखाइएको तरिकाप्रति दर्शकहरूले आलोचना गरेपछि यो विवाद सुरु भएको हो । फिल्ममा जाह...










