Monday, August 24

चलचित्र

विश्वभर हनुमानले कमायो ३०० करोड
अर्थ, चलचित्र, समाचार

विश्वभर हनुमानले कमायो ३०० करोड

नेपालअखबार, नयाँ दिल्ली । प्रशान्त वर्माको निर्देशन र तेजा सज्जाको शीर्ष भूमिका रहेको ‘हनुमान’ ले बक्स अफिसमा बवाल कमाइ गरिरहेको छ । जनवरी १२ मा रिलिज भएको यो कम बजेटको फिल्मले दर्शकबाट निकै माया पाइरहेको छ । ‘मेरी क्रिसमस’, ‘गुंटुर करम’ र ‘फाइटर’ जस्ता फिल्मका अगाडि पनि यो फिल्मको जादू कम भएन । फिल्मले भारतमा मात्रै नभई विदेशमा समेत दर्शकको माया पाइरहेको छ । मेकरहरूले खासै आशा नगरेको यस फिल्मले रिलिज भएको यत्तिका दिन बित्दा पनि राम्रो कमाई गरिरहेको छ । २० करोड भारुमा बनेको यस फिल्मले बजेटको १५ गुणा कमाएको छ । विश्वव्यापी कमाईको हिसाबले ‘हनुमान’ ३ सय करोड क्लबमा सामेल भएको छ । तेजा सज्जा आफैंले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै यसको जानकारी दिएकी थिए । उनले फिल्मको पोस्टर सेयर गर्दै २५ दिनमै ‘हनुमान’ को विश्वव्यापी कलेक्सन ३ सय करोड पुगेको बताए । यो पोस्टसँगै उनले विशेष क्याप्सन लेखे...
रामलाई मासु खाने भनेपछि विवादमा फस्यो नयनताराको फिल्म
चलचित्र, मनोरञ्जन, समाचार

रामलाई मासु खाने भनेपछि विवादमा फस्यो नयनताराको फिल्म

नेपालअखबार, चेन्नई । दक्षिण भारतीय अभिनेत्री नयनताराको फिल्म अन्नपूर्णी विवादमा फसेको छ । फिल्मले हिन्दु भावनामा ठेस पुर्‍याएको भन्दै पूर्व शिनसेना नेता रमेश सोलंकीले फिल्म निर्माताहरुविरुद्ध एफआईआर दर्ता गराएका छन् । ‘मैले एन्टी हिन्दु र एन्टी हिन्दु नेटफ्लिक्सविरुद्ध उजुरी दर्ता गराएको छ,’ एक्समा एउटा पोष्टमा सोलंकीले भनेका छन् । फिल्मले भगवान रामको अपमान गरेको पनि पोष्टमा उनले भनेका छन् । फिल्ममा केही विवादास्पद दृश्य छन् । एउटा दृश्यमा भगवान रामलाई मासु खाने भनेर भनिएको छ । फिल्म लभ जिहादलाई बढाउन उद्देश्यले बनाइएको सोलंकीले बताए । उनले मुम्बई प्रहरी र महाराष्ट्रका गृहमन्त्री देवेंद्र फडणवीससँग निर्माताहरुको साथमा नेटफ्लिक्स इन्डियाविरुद्ध कठोर कारबाही गर्न र एफआईआर दर्ता गर्न अनुरोध गरेका छन् । पोष्टमा सोलंकीले फिल्मको केही डायलग र सिनप्रति आपत्ति जनाएका थिए । फिल्ममा अभिने...
ब्ल्याक हर्सले बनायो जुत्ताको कथामा लघुचलचित्र ‘पाउलो’, पशुपतिमा छायांकन
चलचित्र, समाचार, समाज

ब्ल्याक हर्सले बनायो जुत्ताको कथामा लघुचलचित्र ‘पाउलो’, पशुपतिमा छायांकन

नेपालअखबार, काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।  लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको...
२ अर्ब भारुभन्दा बढी पारिश्रमिक लिन्छन् ७३ वर्षका रजनीकान्त
अर्थ, चलचित्र, समाचार

२ अर्ब भारुभन्दा बढी पारिश्रमिक लिन्छन् ७३ वर्षका रजनीकान्त

नेपालअखबार, हैदराबाद । दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्तलाई भगवान् जसरी पुज्ने गरिन्छ । यिनै रजनीकान्त आजदेखि ७३ वर्षका भए । उमेरको साथमा रजनीकान्तको फ्यान फलोइङ र रेकर्ड वर्षेनी बढिरहेको छ । यही वर्ष रिलिज भएको रजनीकान्तको जेलरले ६ अर्ब भारुभन्दा धेरै कमाएर तमिल सिनेमा उद्योगमा इतिहास रच्यो । ५ अर्ब भारुभन्दा धेरै कलेक्शन गर्ने २ तमिल फिल्म हुने रजनीकान्त दक्षिण भारतका एक मात्रै सुपरस्टार हुन् । रजनीकान्तको उमेरमा अन्य अभिनेताहरु हिरोको बाउ वा हजुरबाको भूमिका खेलिरहेका छन् । तर यति बुढो उमेरमा पनि रजनीकान्त नायकका रुपमा फिल्म खेलिरहेका छन् । उनका फिल्मले रेकर्ड पनि बनाइरहेको छ । रजनीकान्तले जेलरका लागि २ अर्ब १० करोड भारु पारिश्रमिक लिएका थिए । यिनी दक्षिण भारतको मात्रै होइन भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने एक्टर हुन् । दक्षिण भारतमा रजनीकान्तको फिल्म रिलिज हुने दिन कयौँ...
थाहामा ७ दिने चलचित्र महोत्सव हुने
चलचित्र, समाचार

थाहामा ७ दिने चलचित्र महोत्सव हुने

नेपालअखबार, मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा ७ दिने चलचित्र महोत्सव (फिल्म फेटिभल) हुने भएको छ । शनिबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत आगामी मङ्सिर ९ गतेदेखि १५ गतेसम्म ‘थाहा फिल्म फेटिभल’ आयोजना हुने जानकारी दिइएको हो । थाहा नगरपालिकाको सञ्चालनमा हुने उक्त फिल्म फेस्टिभलमा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय सह–सञ्चालक रहेको छ भने पर्यटन विकास बोर्डले कार्यक्रमलाई प्रचार प्रसार गर्ने आयोजक थाहा कला केन्द्रले जनाएको छ । मकवानपुरको पर्यटकीय गन्तव्यको रूपमा रहेको थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि फिल्म फेटिभल आयोजना गर्ने तयारी गरिएको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए । उनका अनुसार थाहा नगरपालिका पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र भएपनि प्रचार प्रसारको अभावले चलचित्र निर्माताहरूको ध्यान पर्न नसकेकाले त्यसतर्फ उनीहरूलाई आकर्षित गर्न ...
विदेशमा शाहरुखको क्रेज : अमेरिकामा जवानको १० हजार अग्रिम टिकट बिक्री
चलचित्र, समाचार

विदेशमा शाहरुखको क्रेज : अमेरिकामा जवानको १० हजार अग्रिम टिकट बिक्री

नेपालअखबार, मुम्बई । अमेरिकामा शाहरुख खान स्टारर फिल्म ‘जवान’का लागि १० हजार टिकट अग्रिम बुकिङ गरिएको छ । जबकि फिल्म रिलिज हुन अझै १५ दिन बाँकी छ । फिल्मले अहिलेसम्म अमेरिकामा अग्रिम बुकिङबाट मात्रै १.३६ करोड भारतीय रुपैयाँ कमाएको बलिउडको ब्यापारबारे जानकारी राख्ने निशित शाले बताए । यसअघि शाहरुखको फिल्म पठानले पनि रिलिजको पाँच दिनअघि नै अग्रिम बुकिङबाट करिब १ करोड कमाएको थियो । हालै विश्लेषक मनोबाला विजयबालनले पनि एक्समा फिल्मको अग्रिम बुकिङसँग सम्बन्धित तथ्यांक सेयर गरेका छन् । उनले लेखेका छन्, ‘जवानले रिलिज हुनुभन्दा दुई साताअघि अग्रिम बुकिङबाट करिब १.२५ करोड भारतीय रुपैयाँ कमाएको छ । अमेरिकाका करिब ३६७ स्थानमा फिल्मको १६०७ शो हेर्न सकिन्छ। फिल्मको हिन्दी शोका लागि करिब ९ हजार २०० टिकट बिक्री भइसकेको छ भने तेलुगु शोका लागि ३६० टिकट बिक्री भएको छ ।’ विजयबलनले फिल्मले...
नेपाल अफ्रिका फिल्म फेस्टिभल असारमा
चलचित्र, समाचार

नेपाल अफ्रिका फिल्म फेस्टिभल असारमा

नेपालअखबार, काठमाडौँ । ‘नेपाल अफ्रिका–फिल्म फेस्टिभलको ११ औँ संस्करण अगामी असारमा आयोजना हुने भएको छ । आयोजक कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले फेष्टिभलको तयारी समेत सकिएको जनाएको छ । फेष्टिभल १ देखि ३ असारसम्म जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुनेछ । नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदान प्रदानका लागि एक दशक अघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको आयोजक कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा.मञ्जु मिश्रले बताइन् । उनले भनिन्, ‘फेष्टिभलका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको छ ।’ नेपालबाट सहभागीका लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको छ ।’ फेष्टिभलका लागि प्राप्त अन्तर्राष्ट्रिय चलचित्रहरु निर्णायक समूहबाट हेर्ने काम भइरहेको अध्यक्ष डा.मिश्रले बताएकी छन् । फेष्टिभलका लागि विगतमा झै यसपटक ...
शाहरुख खानको शान्त विद्रोह
चलचित्र, समाचार

शाहरुख खानको शान्त विद्रोह

नेपालअखबार,  एजेन्सि। १४ फेब्रुअरी २०१६ को बिहान अहमदावादस्थित हायात रिजेन्सी बाहिर दश जनाको समूह भेला भएको थियो। जय श्रीराम र शाहरूख खान हाय हायको नारा लगाएको त्यस समूहले एक्कासी होटलको पार्किङमा ढुंगामुढा सुरू गरे। शाहरूख खानको गाडीमा समेत तोडफोड गरेर उनीहरू भागे। घटनालगत्तै होटलका सुरक्षागार्डले प्रहरी चौकीमा उजुरी दिए। उजुरी परेपछि घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्‍यो। त्यही दिन प्रहरीलाई सूचना पुगेको थियो- हायात रिजेन्सीको बाहिर शाहरूख खानको पुत्ला जलाउने तयारीमा भारतीय जनता पार्टी (भाजपा)का युवा कार्यकर्ताले योजना बनाइरहेछन्। सुरक्षा सतर्कता बढाएपछि प्रहरीले १७ जनालाई गिरफ्तार गरेको थियो। प्रहरी सतर्क रहँदारहँदै पनि हायात पुगेर १० जनाको समूहले ढुंगामुढा गर्दै शाहरूख खानको गाडीमा क्षति पुर्‍यायो।` यो घटनाको तीन महिना पहिला आफ्नो ५०औँ जन्मदिनको अवसरमा शाहरूख खान इण्डिया टूड...
संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन
चलचित्र, समाचार

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

नेपालअखबार, पोखरा । पोखरामा रहेर संचारकर्म गर्दै आएका सुदिप पौडेल निर्माता बनेका छन् । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उनी फिल्मका सह—निर्माता हुन् । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटी प्रमुख भूमिका छिन् । रामराघव आचार्यले फिल्मलाई निर्देशन गरेका हुन् । उक्त फिल्मलाई आरआर कम्पनीले डिष्ट्रिब्युसन गर्न लागेको हो । फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय रहेको सह—निर्माता सुदिप पौडेलले जानकारी गराए । प्रदर्शन मिति नजिकएसँगै प्रचारप्रसारलाई पनि तिव्र पारिएको अभिव्यक्ति उनको छ । पौडेलले फिल्म निर्माण गर्ने सोच आफ्नो पहिलेदेखिको भएता पनि अहिले आएर पुरा भएको उल...
ब्रान्डले तर्साउन खोजेको आरोपबारे दीपकराज भन्छन्- हामी पनि सुरुमा ब्रान्डसँगै भिडेका थियौं
चलचित्र, समाचार

ब्रान्डले तर्साउन खोजेको आरोपबारे दीपकराज भन्छन्- हामी पनि सुरुमा ब्रान्डसँगै भिडेका थियौं

नेपालअखबार,काठमाडौं । फागुन १९ गते ‘छक्कापञ्जा ४’ को रिलिज मिति घोषणा गरेपछि यतिबेला निर्माता दीपकराज गिरीले आरोपको सामना गर्नु परिरहेको छ । ब्रान्डले तर्साउन खोजेको भन्दै सोही मितिमा आउन लागेका अन्य फिल्मका निर्माताले असन्तुष्टि जनाइरहेका छन् । सबैभन्दा सुरुमा शर्मिला पाण्डेको ‘परस्त्री’ले उक्त मिति तय गरेको थियो ।त्यसपछि सोही मितिमा मिलन चाम्सको ‘वर एण्ड वधु’ र सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ पनि जोडिए । रिलिजको सूचीमा ‘छक्कापञ्जा ४’ पनि थपिएपछि ती निर्माता आक्रोशित मात्र छैनन्, उनीहरुले चलचित्र विकास बोर्डलाई समेत गुहारेका छन् ।यस्तोमा ‘छक्कापञ्जा’ निर्माता तथा अभिनेता गिरीले आफूमाथि आरोप लगाइरहेका निर्मातालाई जवाफ दिएका छन् । फिल्म ब्रान्डले नभई राम्रो कन्टेन्टले चल्ने गिरीको तर्क छ ।हामी पनि सुरुमा ब्रान्ड थिएनौं । ६ एकान ६ रिलिज हुँदा सुरज सुब्बा नाल्बोको बितेका पल, शिव रेग्मीको परा...