Monday, August 24

चलचित्र

रचना रिमाल भन्छिन् : संगीतकै कमाइमा आमा बुवालाई घर बनाएर राख्ने सपना पुरा भयो !
चलचित्र, साहित्य \कला

रचना रिमाल भन्छिन् : संगीतकै कमाइमा आमा बुवालाई घर बनाएर राख्ने सपना पुरा भयो !

नेपालअखबार,काठमाडौं । अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेशा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुबै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक भएको थियो । शनिबार मात्र उनले घर निर्माण कार्य पुरा भएको जनाउँदै आमाबुबालाई आफैले निर्माण घरमा राख्ने सपना पुरा भएको बताएकी छन् ।सामाजिक सञ्जालमा घरसहितको तस्बिर पोस्ट गर्दै उनी लेख्छिन्, ‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर, सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ।’झापाको चन्द्रगढीस्थित पुरानो घर भएको ठाउँमा चार कोठे पक्की घर निर्माण कार्य सकिएको उनले जनाएकी छन् । ‘बाबाममी यही घरमा ब...
अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु
चलचित्र, मनोरञ्जन

अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

नेपालअखबार,काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र लक्ष्मण काफ्ले फिल्मका निर्माता हुन् ।छड्के २’को चितवन र मुस्ताङमा छायांकन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।...
भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै
चलचित्र, मनोरञ्जन, समाचार

भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

नेपाल अखबार,काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए ।सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । यो मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ । फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए ।...
दीपिका पादुकोणलाई शर्लिन चोपडाको कटाक्षः ‘माल फुकेर डिप्रेशनको नारा’
चलचित्र, मनोरञ्जन, समाचार

दीपिका पादुकोणलाई शर्लिन चोपडाको कटाक्षः ‘माल फुकेर डिप्रेशनको नारा’

नेपालअखबार, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले लागूपदार्थको सम्बन्धमा बलिउडमाथि लगाएको आरोपको समर्थनमा अभिनेत्री शर्लिन चोपडाले समेत साथ दिएकी छिन् । उनले क्रिकेटर र अरु पनि सुपरस्टारका पत्नीहरुले समेत लागूपदार्थ सेवन गर्ने गरेको आरोप लगाएकी छिन् । उनले हालै विश्व मानसिक दिवसको अवसरमा अभिनेत्री दीपिका पादुकोणमाथि कटाक्ष गरेकी छिन् । कंगना रनौतले ट्विटमा ‘हामीले मानसिक स्वास्थ्यलाई लिएर जागरुकता फैलाउनका लागि फिल्म बनाएका हौँ । अदालतले ती व्यक्तिहरुलाई डाक्यो जसले डिप्रेशनको पसल खोलेका थिए । मिडियाले ब्यान गरेपनि र फिल्म रिलीज हुनुभन्दा केही समय अगाडि फिल्मको नाम परिवर्तन गरिएको भएपनि फिल्मको व्यापार कम भएपनि फिल्म निकै राम्रो भएकाले मानसिक स्वास्थ्य दिवसको दिनमा ‘जजमेन्ट है क्या’ फिल्म हेर्न अनुरोध गर्छु’ उक्त ट्विट शर्लिन चोपडाले रिट्विट गर्दै लेखेकी छिन्, ‘कंगना जी, तपाईंले सही भन्न...

बागलुङमा चलचित्र बुकी निर्माणको तयारी
चलचित्र, समाचार

बागलुङमा चलचित्र बुकी निर्माणको तयारी

नेपाल अखबार, बागलुङ । बागलुङ जिल्लाको चलचित्र बुकीको निर्माण अभियानलाइ तीव्र पारिएको छ । यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल ,सांस्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लि को ब्यबस्थापनमा चलचित्र निर्माण गर्न लागिएको हो । ‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरी हामीले ऐतिहासिक चलचित्र बुकी निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भन्नभयो, जिल्लालाई पर्यटकीय गन्तब्य बनाउन हामी सफल हुने छौ । पर्यटकीय, धार्मिक तथा सास्कृतिक सम्पदा चलचित्रमा समावेस गरि चलचित्र तयार हुने संयोजक केसीले बताए ।‘अहिले चलचित्रको कथाबस्तुको काम सकिएको छ, हामीले सामजिक अभियान मार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालेको छ,’ उहाँले भन्नुभयो । जिल्लाका स्थानीय तह, संघ संस्था, प्रवासी तथा स्थानीय नाग...
प्रधानमन्त्रीलाई ऋचा शर्माको पत्र
चलचित्र, मनोरञ्जन, समाचार

प्रधानमन्त्रीलाई ऋचा शर्माको पत्र

नेपाल अखबार, काठमाडाैं। नेपाली सिने जगतकी अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि एक पत्र लेखेकी छिन् । यनले आफ्नो फेसबुक अकाउन्टमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेकी हुन् जसमा उनले नेपालमा बढ्दो बलात्कारको घटना र घटनामा संलग्न अपराधीलाई दिइने सजायलाई आफ्नो विषयवस्तु बनाएकी छिन् । उनले लेखेकी छिन्, ‘एउटी अभिनेत्रीबाहेक यो देशलाई माया गर्ने चेली, एउटी नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ’ उनी थप्छिन्, ‘ती अबोध बालिकाहरुको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलिको दिनमा मेरी छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन पनि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रह...
सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता
Uncategorized, चलचित्र, मनोरञ्जन, समाचार, समाज, साहित्य \कला, हाइलाइट-समाचार

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन्  । शुक्रबार साँझ (आज) भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । पहिलो सिजनको विजेता बुद्ध लामा...