दुबुङलाई ‘मितेरी गाउँ’ बनाउँदै आदिकवि क्याम्पस
नेपालअखबार, तनहुँ। तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसले ऋषिङ गाउँपालिका–३ को दुबुङगाउँलाई मितेरी गाउँका रूपमा विकास गर्ने भएको छ। क्याम्पस सञ्चालक समितिले गठन गरेको मितेरी गाउँ छनोट उपसमितिले दुबुङलाई मितेरी गाउँका रूपमा छनोट गरेको हो।
क्याम्पसको सोमबार आयोजित ३७औँ वार्षिकोत्सवका अवसरमा उक्त गाउँसँग मितेरी गाउँका रूपमा सम्झौता गरी प्रमाणपत्र हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऋषिङ–३ का वडाध्यक्ष भीमबहादुर थापा, दुबुङ टोल विकास संस्थाका अध्यक्ष लालबहादुर थापा र आमा समूहकी अध्यक्ष भीमकुमारी थापालाई उक्त प्रमाणपत्र प्रदान गरे।
क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, प्रविधि, वन तथा वातावरणका साथै स्थानीय मौलिक कला, संस्कृति र खाद्यवस्तुको संरक्षणमा पनि जोड दिँदै आएको छ।
मितेरी गाउँ छनोट उपसमितिका संयोजक हरिसिंह गुरुङले ...










