Friday, May 22

प्रदेश

नागरिकता नपाउँदाको चिन्ता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

नागरिकता नपाउँदाको चिन्ता

नेपाल अखबार, पाेखरा । असहाय बनेका अवस्थामा पोखरा वृद्धाश्रमले आश्रय त दियो नै तर कतिपय यहाँ बस्ने ज्येष्ठ नागरिकलाई नागरिकता नपाउँदाको पीडाले बेलाबेलामा चिन्तित बनाउने गरेको छ । नेपालमै जन्मेर पनि बेवारिसे अवस्थामा वृद्धाश्रममा आएका ज्येष्ठ नागरिकमध्ये आठ जना अहिले पनि नागरिकताविहीन छन् । बुढेयौली उमेरसम्म पनि देशको नागरिक बन्न नसकेका यहाँका ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रमले अभिभावक बन्दै नागरिकता दिन प्रयास गरे पनि झन्झटिला नियम कानूनले समस्या पार्ने गरेको छ । सरकारी पक्षको उचित ध्यान नपुग्दा जीवनको उत्तराद्र्धमा आइपुग्दासमेत उनीहरूले नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन् भने कतिपय आमाबुवाको त नागरिकता प्राप्त गर्ने धोको पूरा नभई स्वर्गवास भइसकेको वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए । ‘आफन्त नभई बेवारिसे एवं परिवारबाट अपहेलित समाजका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमले से...
पोखराका  १३ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखराका १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा  १३ जनामा संक्रमण पुष्टि भएको छ ।  पोखरा महानगरका आठ वडामा १३ जना थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ४ मा दुई ,५ मा एक, वडा नं ६ मा दुई , वडा नं ८ मा चार तथा वडा नं ९,१६,२७ र ३० मा एक÷एक जना थपिएका छन् । यसअघि आज विहानै पोखरामा तीन जना सहित गण्डकी प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।...
पोखरामा ६ वर्षीया बालिका सहित थप ३ कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ६ वर्षीया बालिका सहित थप ३ कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहान थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको वडा नं ९ मा छ वर्षीया बालिका र ६१ वर्षीया महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी वडा नं ४ मा ३५ वर्षीय पुरष संक्रमित भएका छन् । तनहुँमा दुई, बाग्लुङमा एक, नवलपरासीमा तीन तथा स्याङ्जामा दुई जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या एक हजार ८५५पुगेको छ।...
चाडपर्वका मौलिक पक्षलाई जीवित राखौं : मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार

चाडपर्वका मौलिक पक्षलाई जीवित राखौं : मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्व मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन् । हरितालिका तीज पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् । सन्देशमा उनले नेपालमा मनाइने मौलिक चाडपर्वले सामाजिक सद्भाव तथा सांस्कृति सह–अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पु¥याउँदै आइरहेको चर्चा गरेका छन् । मुख्यमन्त्रीले तीज पर्वले सबै जातजाति र समुदायबीच सद्भाव, सांस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको जनाएका छन् । ...
पाेखरामा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई श्रद्धाञ्जली अर्पण
प्रदेश ४, प्रशासन, समाचार

पाेखरामा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई श्रद्धाञ्जली अर्पण

नेपाल अखबार, पोखरा । दुर्घटनामा परेर ज्यान गुमाएका प्रहरी हवल्दार डम्बर बहादुर थारु र चन्द्रबहादुर बगालेको पार्थिव शरीरलाई प्रहरीले आज बिहीबार शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरेको छ । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरीद्वय थारु र बगालेको हिजो बुधबार दुर्घटनामा परेर ज्यान गएको थियो । सलामी तथा श्रद्धाञ्जली अपर्ण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले इमान्दार र कर्तव्यनिष्ट प्रहरी जवानलाई गुमाउनुको पीडा जीवनभरी रहने बताए । थारु र बगालेको निधनले प्रहरी संगठनमा ठूलो क्षति भएको उनको भनाई थियो । अर्यालले दुर्घटनामा ज्यान गुमाएका दुवै प्रहरीको पार्थिव शरीरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा अर्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसी, जिल्...
पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ६ जनालाई कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ६ जनालाई कोरोना पुष्टि

ने पाल अखबार, पाेखरा। पोखरा महानगरपालिमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ८ का ४२ वर्षीय १ पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँको भानु नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८ र ३७ वर्षीय छन् । यस्तै स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीय महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय १८ पुगेको छ ।...
पोखराको एउटै वडामा  १६ जना थपिए संक्रमित,   गण्डकीका थप २४ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराको एउटै वडामा १६ जना थपिए संक्रमित, गण्डकीका थप २४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरमा १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा  महानगरको  ७  नं.  वार्डका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार  वार्डका २३  देखि ४७ वर्ष उमेर समुहका १६ जना पुरुषमा बुधबार  बेलुका कोरोना देखिएको हो । त्यसैगरी बुधबार  बेलुका नै गण्डकी प्रदेशको बागलुङ जिल्लाका ८ वर्षीय बालक देखि ३४ बर्ष उमेर समुहका ५ जना पुरुष तथा १६ , २१ र ३५ बर्षीया ३  महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । बुधबार  बेलुका गण्डकीका २  जिल्लामा २४ संक्रमित थपिएका हुन् ।संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८  सय १२ पुगेको छ ।...
पोखरामा १६ जना सुरक्षाकर्मी संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा १६ जना सुरक्षाकर्मी संक्रमित

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरपालिका–७ मा आज साँझ संक्रमण पुष्टि भएका १६ जना सशस्त्र प्रहरी गण पार्दीमा कार्यरत सुरक्षाकर्मी रहेका छन् । गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा डिउटीमा खटिएका थिए । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरी मध्य २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । उनीहरु अहिले पनि क्वारेन्टिनमानै रहेका छन् ।...
घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका
प्रदेश ४, समाचार, समाज

घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका

नेपाल अखबार, पोखरा । कोरोना महामारीबाट जोगिन व्यक्तिगत सुरक्षा अपनाउन अपिल गर्दै कास्कीको अन्नपूर्ण गाउापालिकाले मास्क बाड्ने अभियान थालेको छ । पालिकाले जनचेतनामुलक अभियानस्वरुप प्रतिव्यक्ति एक मास्क, साबुन र कोरोना भाइरसबारे जानकारी समेटिएको ब्रोसर बाँड्ने अभियान थालेको छ । गाउँपालिका अध्यक्ष युवराज कुँवरले नागरिकसामू सचेतना फैलाउनका लागि यो अभियान थालिएको बताए । ‘कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सुरक्षाका उपाय अपनाउनुपर्छ । औषधी पत्ता लागिसकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समुदायमा सचेतना फैलियोस् भनेर केही काम गर्ने बित्तिकै हात धुनको लागि साबुन, आवश्यक काममा बाहिर निस्किनु परे मास्क र कोरोना भाइरसबारे थप जानकारी लिनको लागि ब्रोसर बाँडिरहेका छौं ।’ पालिकाका जनप्रतिनिधि, क्लब, शिक्षक र आमा समूहमार्फत घर घरमा पुगेर स्वास्थ्य सामग्री वितरण सुरु गरिएको उनले सुनाए । अध्यक्ष क...
उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि

नेपाल अखार, पोखरा ।  गण्डकी प्रदेशमा  थप ५  जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  बुधबार ५ जिल्लाका ५ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँ देबघाट – ५ का २७ वर्षीय पुरुष, गोरखा पालुङटार – ४ का ५० वर्षीय पुरुष, र लमजुङमा कार्यरत बागलुङ बडिगाडका २२ वर्षीय पुरुष, धादिङ गंगाजमुनाका ३२ वर्षीय पुरुष र नवलपुर कावासोतीका ३२ वर्षीय पुरुषमा  बुधबार दिउसो कोरोना देखिएको हो । संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।  ...