वर्ल्डलिंकको स्मार्ट कोम्बो डिलमा ५० प्रतिशत सम्म छुट
नेपालअखबार, पोखरा । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिलको नयाँ अफर ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।
४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २ सय ४९ रुपैयाँमा र ३ हजार २ सय ९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १ हजार ६ सय ९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।
यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १...










