शुक्लाफाँटामा जङ्गल सफारी खुला
नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ ।
दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो । बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
“पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ, दसैँमा पर्यटकहरुले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,” उनले भने, “मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको छ ।”
पर्यटकले शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्ने उनले बताए । वर्षा रोकिए एक साताभित्रै निकुञ्जका भित्री रुट पनि सञ्च...










