Sunday, August 9

प्रशासन

घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास सम्बन्धी गोष्ठी सम्पन्न
प्रशासन, समाचार

घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास सम्बन्धी गोष्ठी सम्पन्न

नेपालअखबार, पोखरा । समाजमा विद्यमान घरेलु हिंसा न्युनिकरणका लागि घरेलु हिंसा ९कसूर र सजाय ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुसंग “घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास” सम्वन्धी १ दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ । उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव  महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रिया सम्बन्धी अनुभव आदान प्रदान गरी कानुनी सम्बनधी नविनतम आयामहरुको सिकाईबाट कार्य प्रभावकारीता बढ्ने विश्व...
रविको राहदानीबारे अनुसन्धान गर्न काठमाडौँ प्रहरीमा उजुरी दर्ता भएन
प्रशासन, राजनीति, समाचार

रविको राहदानीबारे अनुसन्धान गर्न काठमाडौँ प्रहरीमा उजुरी दर्ता भएन

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफल (पौडेल) जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो । सिन्धुलीका पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन् । यद्यपि अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ । प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग छ । राहदानी ...
पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू
प्रशासन, समाचार

पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू

नेपालअखबार, पाेखरा । पोखरा जहाज दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न डिएनए परीक्षण सुरू भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरू गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरू गरिएको हो। उनले परिवारको नमूना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ। काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो। पोखरामा २२ जनाको फरेन्सिक जाँच गरी शव पहिचान गरिएको हो। गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खो...
चौतीस वर्षपछि लाल पुर्जा पाउँदा दंग छन् मिक्लाजुङबासी
प्रशासन, समाचार

चौतीस वर्षपछि लाल पुर्जा पाउँदा दंग छन् मिक्लाजुङबासी

नेपालअखबार, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मा बसोबास गर्ने रोहितकुमार राइर्ले बयोवृद्ध भएपछि जग्गा धनी पुर्जा पाएका छन्। मिक्लाजुङमै छ दशकभन्दा बढी समय बिताएका उनी २०४५ सालमा जग्गा प्राप्तिका लागि ‘बसन्त भट्टराई आयोग’ मा फारम भरेर बुझाएकामा दुई कट्ठा जमिनको पुर्जा ३४ वर्षपछि पाउँदा पनि हर्ष लागेको बताउँछन्। राई भन्छन्, ‘२०२८ सालमा तत्कालीन मधुमल्ला गाविसमा नापी आयोगले जग्गा नाप्यो, २०४५ सालमा ‘बसन्त भट्टराई आयोग’ ले विभिन्न ठाउँमा पुर्जा वितरण गर्‍यो तर हामीले पाउन सकेनौं अब पुर्जा पाइएलाजस्तो लागेको थिएन ३४ वर्षपछि रु चार लाख ४० हजार राजस्व तिरेर भए पनि पुर्जा पाउँदा हर्षित छु।’ राई मात्रै हैन ३४ वर्षपछि आफू बसोबास गरेको जमिनको पुर्जा पाउँदा स्थानीय विद्या आर्चाय पनि खुसी हुँदै भन्छिन्, ‘मेरा ससुरा बाले २०३० सालभन्दा अगाडि झोडा फाडेर यहाँ बसेको सुनाउनु हुन्थ्यो, हाम्रो परिव...
पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक
प्रशासन, समाचार

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

नेपालअखबार, पाेखरा । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । “मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ”, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने । महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिन...
ई-लाइब्रेरी व्यवस्था गर्न शिक्षा मन्त्रालयको निर्देशन
प्रशासन, समाचार

ई-लाइब्रेरी व्यवस्था गर्न शिक्षा मन्त्रालयको निर्देशन

नेपालअखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई-लाइब्रेरी व्यवस्था नभएका विद्यालयहरुलाई तत्काल प्रबन्ध गर्न निर्देशन दिएको छ ।आईसीटी सञ्चालन गर्न अनुदान वा सहायता प्राप्त गरी आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयहरुले १ देखि १२ सम्मका डिजिटल पाठ्यक्रम र पाठ्यपुस्तक, सहायक पाठ्यसामग्री र किताब र पाठ्यक्रममा आधारित श्रव्य, श्रव्यदृश्य पाठहरु, डिजिटल किताब, डिक्सनरी र अन्य अडियो तथा भिडियो सामग्रीहरु ई–लाईब्रेरीमा राख्नुपर्ने प्रावधान छ । त्यसैले यी विद्यालयहरुले ई–लाइब्रेरीको व्यवस्था नगरेको भए तत्काल प्रबन्ध गरी विद्यार्थीको सिकाइमा प्रयोगमा ल्याउन निर्देशन दिएको हो । र, अन्य विद्यालयहरुले पनि उल्लेखित सामग्रीहरु प्राप्त गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन यसको अधिकतम सदुपयोग गर्न अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी ग...
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय
प्रशासन, समाचार

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ...
कालोसूचीमा परे १२ कम्पनी
प्रशासन, समाचार

कालोसूचीमा परे १२ कम्पनी

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं छन् । यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब घिमिरे नेतृत्वको डिभी घिमि...
सूर्यविनायक–धुलिखेल सडकखण्डको निर्माण तीन वर्षमा सक्ने सम्झौता
प्रशासन, समाचार

सूर्यविनायक–धुलिखेल सडकखण्डको निर्माण तीन वर्षमा सक्ने सम्झौता

नेपालअखबार, काठमाडाैं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ। सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो। कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ छ। दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किमी छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ। यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नुपर्ने अधिकारीले बताए। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकख...
रविलाई दिएन पूर्वमन्त्रीको दर्जा गृह मन्त्रालयले
प्रशासन, राजनीति, समाचार, हाइलाइट-समाचार

रविलाई दिएन पूर्वमन्त्रीको दर्जा गृह मन्त्रालयले

नेपालअखबार, काठमाडाैं । नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्। शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए। त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटायो। तर उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्। पूर्व गृहमन्त्रीमा २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ  लिएका थिए। उनी मन्त्रीको रुपमा ३२ दिनमात्रै रहे।...