Thursday, October 22

प्रशासन

सार्वजनिक सवारीका यात्रुलाई कोरोना सचेतना
प्रदेश ४, प्रशासन, समाचार

सार्वजनिक सवारीका यात्रुलाई कोरोना सचेतना

नेपाल अखबार,पाेखरा । सवारीचालकलाई ट्राफिक सचेतना र कोरोनाको महामारी रोकथाम गर्ने उद्देश्यले प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सचेतना अभियान सञ्चालन गरेको छ । दुवै प्रहरी ईकाइले कास्कीका विभिन्न राजमार्गहरुमा पुगी सार्वजनिक सवारीका चालक र सवारीमा सवार यात्रुहरुलाई कोरोनाको रोकथाम र यसबाट बच्ने उपायहरु अवलम्बन गर्न समेत सचेत गराइएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । सार्वजनिक सवारी सञ्चालन भएसंगै कोरोनाको महामारी समेत फैलन सक्ने भएकाले यात्रुहरुले पूर्ण रुपमा सुरक्षित तवरले यात्रा गर्नुपर्नेमा अझैपनि यात्रुहरु त्यसबारेमा सचेत नभएको र सवारी चालकहरुले समेत सुरक्षाको उपायहरु नअपनाएको पाइएकाले केही सार्वजनिक सवारीहरुलाई चेक जांच गरि उनीहरुलाई कोरोनाको रोकथामको उपायको बारेमा सचेत गराइ...
प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने
प्रशासन, समाचार

नेपाल अखबार, काठमाडाैं। सामाजिक सञ्जाल टिकटकसहित विभिन्न चलचित्र, टेलिचलचित्र, सर्टमूभि, सांगितिक भिडियो, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी पोसाक दुरुपयोग भएको पाइए कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् । कसैलाई पोसाकको प्रयोग गर्नैपर्ने भएमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने कडायतले जानकारी दिए । कार्यालयको स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन पनि प्रधान कार्यालयले सचेत गराएको छ।...

सबै नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील
प्रशासन, समाचार, स्वास्थ्य

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । उनले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको पनि बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ ।स्वास्थ्यमन्त्री ढकालको शुभकामना सन्देशमा लेखिएको छ, ‘नागरिकहरुको दृष्टिको सुरक्षाको लागि नेपाल सरकार सचेत र क्रियाशील रहेको विषय अनुरोध गर्दै आजको विश्व दृष्टि दिवसको सन्दर्भमा सम्पूर्णमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु ।’ नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन पनि उनले आह्वान गर...
कक्षा १२ को परीक्षा दसैंलगत्तै लिनेबारे मन्त्रालयमा छलफल
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा दसैंलगत्तै लिनेबारे मन्त्रालयमा छलफल

नेपाल अखबार, काठमाडाैं। कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ। ‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। तर अहिलेसम्म निर्णय भइसकेको छैन,’ नेविसंघले बुधबार गरेको भर्चुअल संवादमा प्रवक्ता शर्माले भने। विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए। ‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने, ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न ला...
गैरकानूनी लाभ लिएको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर
प्रशासन, समाचार

गैरकानूनी लाभ लिएको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर

नेपाल अखबार, काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । आयोगले साह विरुद्ध कूल रु २२ लाख बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ती राना, सन्तोष साहका बाबु नारायण साह सुडीलगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । रासस...
लागुऔषधसहित दुई पक्राउ
प्रशासन, समाचार

लागुऔषधसहित दुई पक्राउ

नेपाल अखबार, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ज८प ५९३६ नंको मोटरसाइकलमा रहेका दुवै जनालाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायब उपरीक्षक कार्कीले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशङ्करउपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।...

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस
प्रशासन, समाचार, स्वास्थ्य

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । गौतमका अनुसार २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सो निर्णय गरेको हो । अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ । त्यस्तै बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।...